निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको साइट क्लियरको काम आगामी आर्थिक वर्ष भित्र सक्छौं : प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको आर्थिक वर्ष २०८०-८१ भित्र साइट क्लियर गरिसक्ने योजना रहेको बताएका छन् ।
आज प्रतिनिधि सभामा प्रधानमन्त्री प्रश्नोत्तर कार्यक्रममा सांसदहरूले उठाएको प्रश्नमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले सरकारले राष्ट्रिय गौरवका आयोजनाहरूमा बजेट सुनिश्चित गर्ने गरेको बताए । उनले राष्ट्रिय गौरवका आयोजनाहरूमा बजेट कम हुने अवस्थामा थप बजेट व्यवस्था गर्ने गरिएको बताए ।
प्रचण्डले रेल सेवा सञ्चालन गर्ने कुरामा सरकार सकारात्मक रहेको पनि बताए । उनले राष्ट्रिय गौरवका आयोजनाहरू र अन्य प्राथमिकता आयोजनाहरूको जग्गा अधिकरण मुआब्जा तथा क्षतिपूर्ति वितरण गर्ने कार्य सरकारको प्राथमिकतामा रहेको बताए ।
उनले राष्ट्रिय गौरवका आयोजनाहरूमा आगामी दिनमा आवश्यक बजेट व्यवस्थासहित सम्बन्धित निकायहरूमार्फत सम्बोधन गरिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण