शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

१० हजार १३१ थान भ्रमात्मक लागुऔषध ‘एलएसडी स्टिकर’ बरामद

शुक्रबार, ०८ असार २०८०, १५ : ०६
शुक्रबार, ०८ असार २०८०

काठमाडौँ । काठमाडौंको ठमेल र पोखराबाट प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले ठुलो परिमाणमा लागुऔषध ‘एलएसडी’ स्टिकर बरामद गरेको छ । असार ४, ५ र ६ मा तीन चरणको अपेशरन सञ्चालन गरेर १० हजार १३१ थान लाइसर्जिक डाइथेरामाइड एसिड (एलएसडी) बरामद गरिएको लागुऔषध नियन्त्रण ब्यूरोका एसपी चक्रराज जोशीले रातोपाटीलाई बताए ।

लाइसर्जिक एसिड डाइथेरामाइड (एलएसडी) नेपालमा अहिलेसम्म सो परिमाणमा बरामद भएको थिएन । स्टिकरमा डिजल्व गराएर ल्याइएको एलएसडी कारोबारमा संलग्न आरोपमा ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौँको चन्द्रागिरी नगरपालिका घर भएका २९ वर्षीय सुगम मैनाली, इटालियन नागरिक डेभिड मिनादेओ र चेक रिपब्लिका घर भएकी ३२ वर्षीया मार्टिना सेरना छन् । लाइसर्जिक एसिड डाइथेरामाइड (एलएसडी) कारोबार गरेको आरोपमा मुखिया गुरुङ र बचन भन्ने राज गौतम पनि पक्राउ परेका छन् ।

चन्द्रागिरीका २९ वर्षीय सुगम काठमाडौँ महानगरपालिका–१६ स्थित सात घुम्तीबाट पक्राउ परेका हुन् । मार्टिन सेरना पोखराबाट र ३४ वर्षीय इटालियन नागरिक ठमेलबाट पक्राउ परेका हुन् । सो लागुऔषध भारतबाट काठमाडौँ ल्याएको अनुसन्धानबाट थाहा भएको ब्यूरोका एसपी जोशीले जानकारी दिए ।

के हो एलएसडी स्टिकर ?
लाइसर्जिक एसिड डाइथेरामाइड (एलएसडी) भ्रम पैदा गर्ने सबैभन्दा शक्तिशाली ड्रग हो । अनुसन्धान अधिकृतहरु यसलाई ‘भ्रमात्मक लागुऔषध’ भन्छन् । एलएसडीले ४८ घण्टासम्म असर गर्छ । निकै महंगो मानिने लागुऔषध स्टिकरमा टाँसेर कारोबार गर्ने गरिन्छ । प्रयोगकर्ताले सो लागुऔषध जिब्रोमुनि राखेर सेवन गर्छन् ।

एलएसडी भ्रम पैदा गर्ने सबैभन्दा शक्तिशाली लागु औषध रहेको प्रहरीको विधिविज्ञान प्रयोगशालाका डिएसपी पवन ढुंगानाले बताए । ‘एलएसडी महंगो लागुऔषध हो’ डिएसपी ढुंगानाले रातोपाटीसँग भने–‘एउटा स्टिकरको दुई हजार सम्ममा कारोबार हुन्छ ।’

धेरै वर्ष पहिले धरानमा लागुऔषध प्रयोगकर्ताले सो ड्रग सेवन गर्थे । त्यसबेला थोरै परिणाममा आउने गरेको भएपनि पछिल्लो समय ठुलो परिणाममा आउने गरेको भेटिएको छ । असार ५ मा ब्यूरोले काठमाडौं–१६ स्थित सातघुम्ती बाट २९ वर्षीय सुगम मैनालीलाई ७ पिस एलएसडी स्टिकरसहित पक्राउ गरेको थियो । उनको बयानका आधारमा थप एलएसडी बरामद गर्न प्रहरी सफल भएको छ । ट्रान्सपार्टी (लागुऔषधको पार्टी) मा पनि सो ड्रग प्रयोग हुने जानकारहरु बताउँछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप