राती सुत्नु अघि यी खानेकुरा खानुहोस्, मज्जाले निद्रा लाग्नेछ
धेरै मानिसलाई राती निद्रा लाग्दैन । निद्रा नलाग्ने समस्या लगातार रहिरह्यो भने यसले स्वास्थ्यमा विभिन्न समस्या निम्त्याउँछ । निद्रा नलाग्ने समस्यालाई इन्सोम्निया भनिन्छ । तपाईंलाई राती निद्रा लाग्दैन भने खानामा म्याग्नेसियम, क्याल्सियम, जिङ्क, बी भिटामिन्सयुक्त खानेकुरा सेवन गर्नुहोस् । शरीरमा मेलाटोनिन र सेरोटोनिनको स्तर कम हुँदा इन्सोम्नियाका साथै स्लिप डिसअर्डरको समस्या हुन्छ । यस्तोमा निदाउनका लागि निद्राको औषधी खानबाट जोगिनुपर्छ । भारतकी न्युट्रिसनिष्ट लवनित बत्राले यस्ता केही खानेकुराबारे जानकारी दिएकी छिन् जसले निद्रा लाग्न सहयोग गर्छ ।
मनतातो दूध
मज्जाले निद्रा लागोस् भन्ने सोच्नुहुन्छ भने सुत्नु अघि एक गिलास तातो दूध पिउनुहोस् । दूधमा यस्ता केही तत्त्व पाइन्छन् विशेष गरी ट्रिप्टोफेन र मेलाटोनिन, जसले मिठो निद्रा लाग्न सहयोग पुर्याउँछ ।
जौको बिरुवाले तयार पारिएको पाउडर
यो पनि एक उत्कृष्ट तरिका हो–मिठो निद्राका लागि । यसमा विभिन्न खालका स्लिप प्रोमोटिङ कम्पाउन्ड जस्तै गाबा, क्याल्सियम, ट्रिप्टोफेन, जिङ्क, पोटासियम, म्याग्नेसियम आदि हुन्छन् । यी सबै तत्त्वले निद्रा नलाग्ने समस्या हटाउँछ ।
ओखर खानुहोस्
निद्राको गुणस्तर बढाउनका लागि ओखरको सेवन गर्नुहोस् । यसमा मेलाटोनिनको मात्रा बढी हुन्छ जसले निद्रा लाग्न मद्दत गर्छ । साथै, यसमा भएको फ्याटी एसिडले निद्राको गुणस्तर बढाउँछ । ओखर अल्फा–लिनोलेनिक एसिड एक ओमेगा–थ्री फ्याटी एसिड हो । यो शरीरमा डिएचएमा परिवर्तित हुन्छ । डिएचएले सेरोटोनिन उत्पादनलाई बढाउँछ ।
भुटेको फर्सीको बिउ
फर्सीको बिउ ट्रिप्टोफेनको एक प्राकृतिक स्रोत हो । यो एक अमिनो एसिड हो जसले निद्रालाई प्रोत्साहित गर्छ । फर्सीको बिउमा पाइने जिङ्क, कपर र सेलेनियमले निद्राको अवधि र गुणस्तरलाई प्रभावित गर्न सक्छ ।
केरा खानुहोस्
केरामा म्याग्नेसियम, ट्रिप्टोफेन, भिटामिन बी सिक्स, कार्ब्स र पोटासियमजस्ता निद्रालाई बढावा दिने पोषक तत्त्व हुन्छन् । यी सबै मिठो निद्राका लागि फाइदाजनक हुन्छन् । त्यसैले तपाईंले दैनिक एउटा वा दुई वटा केरा खानुहोस् । केरा खाँदा शरीर ऊर्जावान् पनि रहन्छ ।
चिया सिड
चिया सिडमा पनि अमिनो एसिड ट्रिप्टोफेन हुन्छ । यसले मुडमा सुधार गरेर निद्राको ढाँचालाई नियन्त्रित गर्छ । तपाईंले चिया सिड्सलाई पानी, दूध वा सलाद, स्मुदीमा हालेर खान सक्नुहुन्छ । यसले स्वास्थ्यमा अन्य लाभ पनि पुर्याउँछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण