सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

सप्तरी प्रिमियर लिग : रुपनी राइडर्स र बलान बिहुल विजयी

शुक्रबार, ०८ असार २०८०, १७ : २२
शुक्रबार, ०८ असार २०८०

काठमाडौं । सप्तरीको राजविराजमा जारि पाँचौं सप्तरी प्रिमियर लिग क्रिकेट प्रतियोगिताको छैटौं दिन शुक्रबार दुई खेल सम्पन्न भएका छन् । छैटौं दिनको खेलमा रुपनी राइडर्स र बलान बिहुल सुपर किंग्स विजयी भएका छन् ।

पहिलो खेलमा रुपनी राइडर्सले छिन्नमस्ता लायन्सलाई पाँच विकेटले हरायो । रुपनीले एक सय ७७ रनको लक्ष्य १९.२ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्‍यो । रुपनीका लागि प्लेयर अफ दी म्याच घोषित रोहन बिकले ८२ रन बनाए । उनले ५२ बलमा चार छक्का र आठ चौका हिर्काए ।

यसैगरी रुपनीका लागि अरनिको यादवले पनि २७ रन जोडे । मुकुन्द यादवले पनि २५ रनको योगदान गरे । विकास दासले २३ रन बनाए । रोहन र विकासले ओपनिङ विकेटका लागि ९२ रनको साझेदारी गरेका थिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको छिन्नमस्ता लायन्सले निर्धारित २० ओभरमा सात विकेट क्षेतीमा एक सय ७६ रन बनाएको थियो । छिन्नमस्ताका लागि ओपनर शुभ कंसाकारले प्रतियोगिताकै पहिलो शतक बनाउने क्रममा एक सय १८ रनको योगदान गरे । उनले केवल ५७ बलमा नौ छक्का र आठ चौका प्रहार गरे । कमल खत्रीले १४ र हिमांशु दत्ताले १३ रन बनाए । रुपनीका बलर मुकुन्द यादवले तीन र जितेन्द्र मुखियाले दुई विकेट लिए ।

दोश्रो खेलमा बलान बिहुल सुपर किंग्सले राजविराज दी किंगलाई आठ विकेटले पराजित ग¥यो । राजविराजले दिएको एक २५ रनको लक्ष्य बलान बिहुलले १०.३ ओभरमा केवल दुई विकेट गुमाएर पूरा गरेको थियो ।

बलान बिहुलका लागि प्लेयर अफ दी म्याच घोषित हासिम अन्सारीले सर्वाधिक ५२ रन बनाए । अन्सारीले अविजित रहँदै ३१ बलमा चार छक्का र चार चौका प्रहार गरे । कप्तान पवन सर्राफले ३२, सोनु अन्सारीले २५ र रुपेश सिंहले १५ रन बनाए । हासिम र सोनुले ओपनिङ विकेटका लागि ५५ रनको साझेदारी गरे ।

यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको राजविराज दी किंगले १९.५ ओभरमा अलआउट हुनुअघि एक २४ रन बनाएको थियो । अभिषेक कार्कीले सर्वाधिक ३७ रन बनाए । प्रतिक श्रेष्ठले २२ र तृतराज दासले १६ रन थपे । बलान बिहुलका बलर रुपेश सिंहले तीन तथा विकास दास, रोविन सिंह र विष्णु मण्डलले दुई÷दुई विकेट लिए । सप्तरी जिल्ला क्रिकेट संघले आयोजना गरेको प्रतियोगितामा ६ वटा पÞ्रmेन्चाइज टोलीको सहभागिता रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप