टिजरमा यस्तो देखियो फिल्म ‘जय हो’
काठमाडौँ । शोभित बस्नेत प्रस्तुतकर्ता रहेको फिल्म ‘जय हो’ टिजर सार्वजनिक भएको छ ।
१ मिनेट १४ सेकेन्डको टिजर फिल्मको केही महत्त्वपूर्ण अंस समेटिएको छ । फिल्म आगामी भाद्र ८ गतेबाट विदेश र नेपालमा एकसाथ प्रदर्शनमा आउँदैछ ।
टेक पौरखी राईको निर्देशन निर्माण भएको सिनेमामा अर्पण थापा, सलोन बस्नेत, केकी अधिकारी, निशा अधिकारी, माओत्से गुरुङ, प्रेम पाण्डे, दिपा शाक्य श्रेष्ठ, सुबि मगर, सुमिन गुरुङ, सुशान्त श्रेष्ठ लगायतका कलाकारको अभिनय छ ।
फिल्ममा सम्राट बस्नेत द्वन्द्व निर्देशन, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन, समीर मियाँको भिएफएक्स छ ।
मुस्ताङका विभिन्न रमणीय स्थानलाई देखाइको सिनेमामा सुरेश न्यौपानेको कथा लेखन, सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ । कमेडी, एक्सन र लभस्टोरीको समिश्रण रहेको फिल्ममाका निर्माता राज के अधिकारी र सुरज सरकार हुन् ।
सलोन सलिना फिल्मस्को व्यानरमा निर्माण भएको फिल्मको सार्वजनिक पोस्टरले दर्शकबाट राम्रो प्रतिक्रिया पाएका थिए । पोस्टरले दर्शकमा बढाएको कौतुहल्ता सार्वजनिक टिजरले अझै बढाउने विश्वास निर्माण टिमलाई छ । फिल्म जिजिए ग्रुपले वितरण गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
-
संघीय सांसद बजेट माग्न प्रदेशमा
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण