पहिरोका कारण हेटौँडा–काठमाडौँ जोड्ने कान्ति लोकपथ बन्द
मकवानपुर । पहिरोका कारण हेटौँडा–काठमाडौँ जोड्ने कान्ति लोकपथ बन्द भएको छ । गएरातिदेखि परेको वर्षाका कारण ललितपुरको भट्टेडाँडा नजिक पहिरो खस्दा सो सडक बन्द भएको छ ।
भट्टेडाँडामा शनिबार बिहान ७:४५ बजेको समयमा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पहिरोका कारण उक्त सडक भएर सञ्चालन हुने यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
पहिरोका कारण हेटौँडाबाट काठमाडौँतर्फ र काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको सवारीसाधन जाममा परेका छन् ।
काठमाडौँबाट कान्ति लोकपथ हुँदै हेटौँडातर्फ आउँदै गरेको सवारीसाधनहरूलाई ललितपुरको भट्टेडाँडा प्रहरी चौकी र हेटौँडाबाट काठमाडौँतर्फ जाँदै गरेको सवारी साधनहरूलाई मकवानपुरको प्रहरीले ठिंगनमा रोकेको छ ।
वर्षा भइरहेकोले पहिरो पन्छाउन कठिन भएको प्रहरीले जनाएको छ । मौसममा सुधार आएसँगै पहिरो पन्छाएर दुवैतर्फको यातायात सञ्चालनमा ल्याउने प्रहरीको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण