शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

जसपाको केन्द्रीय समिति बैठक सुरु

शनिबार, ०९ असार २०८०, १३ : ०६
शनिबार, ०९ असार २०८०

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल को केन्द्रीय समितिको बैठक काठमाडौँमा सुरु भएको छ । आइतबारदेखि हुन लागेको पार्टीको विधान अधिवेशनको पूर्वसन्ध्या पार्टीको केन्द्रीय समितिको बैठक बोलाइएको हो ।

आइतबारदेखि काठमाडौँको कमलादीमा सुरु हुने विधान अधिवेशन तीन दिनसम्म चल्नेछ । पार्टीले पहिलोपटक आयोजना गर्न लागेको अधिवेशनमा पार्टी अध्यक्ष उपेन्द्र यादवले विधानको मस्यौदा प्रस्तुत गर्नेछन् । 

भोलिदेखि नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु हुने विधान अधिवेशनमा प्रस्तुत हुने मस्यौदा विधानलाई आजको बैठकले अनुमोदन गर्नेछ । बैठकले केन्द्रीय समितिबाट मस्यौदा विधान पारित गरे पछि विधान अधिवेशनमा प्रस्तुत हुनेछ । 

भोलिको बैठकमा केन्द्रीय कमिटीका ४ सय १० सदस्य साथै प्रदेश र जिल्ला कमिटी, भ्रातृ सङ्गठन, प्रवाससमेत गरी करिब ८०० प्रतिनिधिहरू सहभागी हुँदै छन् । यसरी सहभागी भएका प्रतिनिधिहरूलाई १० वटा समूहमा विभाजन गरेर विधानमाथि छलफल हुनेछ । जसपाले अहिले विधान अधिवेशन गरेर विधानलाई समय सापेक्ष बनाउन गइरहेको छ ।  

पार्टी हालैमात्र कम्युनिस्ट दलहरू सम्मिलित समाजवादी मोर्चामा सहभागी भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप