राष्ट्रियसभा अध्यक्षको जिम्मेवारी उपराष्ट्रपतिलाई दिनुपर्छ : सांसद झा
आइतबार, १० असार २०८०, १४ : ३९
१
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालकी सांसद रञ्जुकुमारी झाले राष्ट्रियसभा अध्यक्षको जिम्मेवारी उपराष्ट्रपतिलाई दिनुपर्ने बताएकी छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद झाले उपराष्ट्रपतिको पदीय जिम्मेवारी बढाएर राष्ट्रियसभाको अध्यक्षलाई दिनुपर्ने बताएकी हुन् ।
त्यसको लागि संविधान संशोधन गर्न उनले माग गरिन् । उनले संवैधानिक पद तथा राज्यका उच्च पदस्थ व्यक्तिहरुले लिने गरेको सेवा सुविधाको पनि कटौती गर्नुपर्ने बताइन् ।
सांसद झाले सरकारले समाजमा रहेका असन्तुष्टिहरूलाई न्यूनीकरण गर्नेगरी काम गर्नुपर्ने बताइन् । उनले बजेट विनियोजनमा सुशासनको अभाव देखेको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण