बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

भिभो वाई३६ प्रि–बुकिङ खुला

आइतबार, १० असार २०८०, १४ : ४५
आइतबार, १० असार २०८०

काठमाडौँ । भिभोले आफ्नो वाई सिरिज अन्तर्गत उच्च–प्रतीक्षित नयाँ स्मार्टफोन वाई३६ नेपाली बजारमा सार्वजनिक गर्ने घोषणा गरेको छ । नेपालमा प्रि–बुकिङको लागि उपलब्ध रहेको यस स्मार्टफोनलाई ग्राहकहरूले २५ तारिख देखि २७ तारिखसम्म नजिकैको रिटेल पसलहरूबाट प्रि–बुकिङ गर्न सक्नेछन् । नेपाली बजारमा भने यो स्मार्टफोन २८ तारिखबाट बिक्रीका लागि उपलब्ध हुनेछ ।

वाई३६ मा प्रिमियम क्रिस्टल ग्लास, ४४वाट फ्ल्यासचार्ज, ५०००एमएएच ब्याट्री, ८जीवी + ८जीवी एक्सटेन्डेड र्‍याम, र ५०एमपी एचडी मुख्य क्यामेरा रहेको छ । 

वाई३६ मा शक्तिशाली ४४ वाट फ्ल्यासचार्ज टेक्नोलोजी रहेको छ । जसमार्फत स्मार्टफोनलाई छिटो र प्रभावकारी रूपमा चार्ज गर्न साथै डाउनटाइमलाई न्यून गर्दै र उत्पादकता बढाउन सकिन्छ । यसका साथै, वाई३६ को प्रभावशाली ५००० एमएएच ब्याट्रीले विस्तारित उपयोग समय प्रदान गर्दछ । 

यसबाहेक, वाई३६ को एडभान्स ८जीवी + ८जीवी विस्तारित र्‍यामले सहज र निर्बाध अनुभव प्रदान गर्दछ । भिभो वाई३६ मा क्वालकम स्न्यापड्रेगन ६८० प्रोसेसर रहेको छ जसले प्रयोगकर्ताका लागि सहज र प्रभावकारी कार्यसम्पादन सुनिश्चित गर्ने बताइएको छ । 

५०एमपी एचडी मुख्य क्यामेराको साथ, प्रयोगकर्ताहरूले स्पष्ट र जीवन्त तस्बिरहरू खिच्न सक्छन् । यस स्मार्टफोनमा २ एमपी बोकेह क्यामेरा पनि छ, जुन फिल्ड इफेक्टका मनमोहक गहिराइका साथै पोट्रेट सटहरू खिच्नका लागि उपयुक्त छ । सेल्फीका लागी १६एमपी एचडी फ्रन्ट पोट्र्रेट क्यामेराले क्रिस्टल–क्लियर सेल्फ– पोट्रेट सुनिश्चित गर्दछ । 

वाई३६ दुईवटा आकर्षक कलर भेरियन्टहरू – भाइब्रन्ट गोल्ड र मिटियर ब्ल्याक कलरमा मा उपलब्ध हुनेछ जसको मूल्य रु २८ हजार ९९९ रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप