महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई नमुना मन्त्रालयको रूपमा विकास गरिनेछ : मन्त्री आचार्य
काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले आफ्नो मन्त्रालयलाई अपांगमैंत्री नमुना मन्त्रालयको रूपमा विकास गर्ने कामलाई प्राथमिकता दिइएको बताएका छन् ।
आइतबार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् ।
मन्त्री आचार्यले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूलाई राष्ट्रिय प्राथमिकताको क्षेत्रमा परिचालन गर्ने व्यवस्था गरिएको पनि बताए ।
गैरसरकारी संस्थाहरुले आफूखुसी काम गरिरहेको गुनासो आइरहेका बेला मन्त्री आचार्यले उनीहरूलाई राष्ट्रिय आवश्यकताको आधारमा परिचालन हुनेगरी आवश्यक व्यवस्था मिलाइएको बताए । उनले सरकारी तथा गैरसरकारी संस्थाहरुको अनुगमन र मूल्यांकनका लागि प्रदेश र स्थानीय तहसम्म पनि योजना तर्जुमा गर्नका लागि अन्तरक्रिया कार्यक्रम गर्ने योजना रहेको समेत बताए ।
मन्त्री आचार्यले समाज कल्याण परिषद्को कामलाई प्रभावकारी बनाउने गरी अनुगमनमा विशेष जोड दिइएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण