मेयर बालेनले ‘कानुनलाई मान्दिनँ’ भन्ने कुरालाई गम्भीर रूपमा लिनुपर्छ : राजकिशोर यादव
काठमाडौँ । जनता समाजवादी पार्टीका कार्यकारिणी सदस्य राजकिशोर यादवले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले कानुनलाई मान्दिन भन्नु ठुलो कुरा भएको बताउँदै यसलाई गम्भीर रूपमा लिनुपर्ने बताएका छन् । यादवले त्यसको बारेमा समाजले चिन्तन गर्नुपर्ने बताएका हुन् ।
पार्टीको आइतबारदेखि सुरु भएको विधान अधिवेशनमा आफ्नो धारणा राख्दै उनले रवि लामिछानेको पनि नेपाली राजनीतिमा केही लगानी नगरे पनि उनले जसपाभन्दा ठुलो पार्टी बनाएको जिकिर गरे । उनले यसको बारेमा पार्टीले गम्भीर रूपमा चिन्तन गर्नुपर्ने जिकिर गरे । ‘रवि लामिछाने जस्ता व्यक्ति यो देशका लागि टाउको दुखाई नबनोस् भनेर सचेत रहनुपर्छ,’ उनले भने ।
जसपा नेपालमा रहेको सबैले आफ्नो पार्टी हो भनेर सम्झिनु पर्ने बताउँदै उनले अवसर र चुनौतीलाई बराबर किसिमले बाँडफाँट गर्नुपर्ने धारणा राखे । ‘सबै कुराको तारतम्य मिलायौँ भने अगामी दिनमा देशको नेतृत्व जसपाले गर्न सक्छ,’ उनले भने, ‘त्यसका लागि सबै एकीकृत हुनुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण