सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

मेयर बालेनले ‘कानुनलाई मान्दिनँ’ भन्ने कुरालाई गम्भीर रूपमा लिनुपर्छ : राजकिशोर यादव

आइतबार, १० असार २०८०, १५ : ४७
आइतबार, १० असार २०८०

काठमाडौँ । जनता समाजवादी पार्टीका कार्यकारिणी सदस्य राजकिशोर यादवले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले कानुनलाई मान्दिन भन्नु ठुलो कुरा भएको बताउँदै यसलाई गम्भीर रूपमा लिनुपर्ने बताएका छन् । यादवले त्यसको बारेमा समाजले चिन्तन गर्नुपर्ने बताएका हुन् ।

पार्टीको आइतबारदेखि सुरु भएको विधान अधिवेशनमा आफ्नो धारणा राख्दै उनले रवि लामिछानेको पनि नेपाली राजनीतिमा केही लगानी नगरे पनि उनले जसपाभन्दा ठुलो पार्टी बनाएको जिकिर गरे । उनले यसको बारेमा पार्टीले गम्भीर रूपमा चिन्तन गर्नुपर्ने जिकिर गरे । ‘रवि लामिछाने जस्ता व्यक्ति यो देशका लागि टाउको दुखाई नबनोस् भनेर सचेत रहनुपर्छ,’ उनले भने । 

जसपा नेपालमा रहेको सबैले आफ्नो पार्टी हो भनेर सम्झिनु पर्ने बताउँदै उनले अवसर र चुनौतीलाई बराबर किसिमले बाँडफाँट गर्नुपर्ने धारणा राखे । ‘सबै कुराको तारतम्य मिलायौँ भने अगामी दिनमा देशको नेतृत्व जसपाले गर्न सक्छ,’ उनले भने, ‘त्यसका लागि सबै एकीकृत हुनुपर्छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप