ट्रेजरीमार्फत ३ अर्ब ६१ करोड आन्तरिक ऋण उठाउँदै सरकार
आइतबार, १० असार २०८०, १७ : ०६
काठमाडौँ । सरकारले आगामी मंगलबार ट्रेजरी बिलमार्फत ३ अर्ब ६१ करोड रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । केन्द्रीय ९१ दिने ट्रेजरीमार्फत उक्त ऋण उठाउने भएको हो । यद्यपि, कूल २४ अर्ब ११ करोड २५ लाख रुपैयाँ बराबरको ट्रेजरी जारी गर्ने भएपनि बैंकले ३ अर्ब ६१ करोड नयाँ जारी गरेर बाँकी पुरानो नवीकरण गर्ने भएको हो । केन्द्रीय बैंकका अनुसार कूल ट्रेजरी मध्ये २० अर्ब ५० करोड २५ लाख रुपैयाँ पुरानो ट्रेजरी नै नवीकरण हुनेछ ।
नयाँ ट्रेजरीका लागि इच्छुक लगानीकर्ताहरुले आवेदन दिन सक्नेछन् । आवेदन भने भोलि अर्थात् सोमबार दिउँसो ३ बजेभित्र दिइसक्नुपर्नेछ । आवेदन परेकाहरु मध्येबाट राष्ट्र बैंकले सोमबार दिउँसो ३ बजे बोलकबोल गर्नेछ । यसअघि असार ४ गते केन्द्रीय बैंकले नवीकरण र नयाँ गरी कूल ३० अर्ब ८६ करोड रुपैयाँ बराबरको ट्रेजरी जारी गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम
-
‘स्वस्थ शिशु प्रतिस्पर्धा’ हुँदै, दरखास्त फाराम खुल्यो
-
म्यानचेस्टर सिटीमा आबद्ध भए एन्डरसन, पाँच वर्षको सम्झौतामा हस्ताक्षर
-
लोनमा एस्टन भिल्ला पुगे चेल्सीका विङ्गर गार्नाचो
-
मिटरब्याज सम्बन्धी लिखत अवैध घोषणा: पीडितलाई न्यायको आशासँगै कानुनी जटिलताको चाङ
-
मोड्रिच थप एक वर्ष एसी मिलानमै रहने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण