पोखरा महानगरपालिकाको बजेट ७ अर्ब १५ करोड (पूर्णपाठसहित)
काठमाडौँ । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ७ अर्ब १५ करोड रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएको छ । महानगरले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि कूल ७ अर्ब १५ करोड १५ लाख १७ हजार रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएको हो ।
यो चालु आर्थिक वर्षको भन्दा १८.५२ प्रतिशतले कम हो । चालु आर्थिक वर्षका लागि पोखरा महानगरपालिकाले ७ अर्ब ७७ करोड ७५ लाख रुपैयाँ बराबरको बजेट ल्याएको थियो । बजेट व्यहोर्ने स्रोत आन्तरिक राजस्व, अन्तरसरकारी राजस्व बाँडफाँड तथा संघ र प्रदेशबाट प्राप्त हुने अनुदान समेत घटेकाले बजेट घटाउनु परेको महानगरपालिकाले जनाएको छ ।
बजेट घोषणा गर्दै उपप्रमुख मञ्जुदेवी गुरुङले संघीय सरकारको अनुदानबाट २ अर्ब ७६ करोड ३२ लाख, प्रदेश सरकारबाट १० करोड २३ लाख ६२ हजार र आन्तरिक स्रोतबाट २ अर्ब २७ करोड ८७ लाख व्यहोर्ने जनाइन् ।
चालु आर्थिक वर्षका लागि महानगरले ८ अर्ब ९९ करोड २ लाख २९ हजार बजेट विनियोजन गरेको थियो । उपमेयर गुरुङ असार ८ गतेसम्म ३ अर्ब ८५ करोड ५५ लाख ८४ हजार अर्थात्, ४३.५५ प्रतिशत खर्च भएको बताइन् । उनले चालु आर्थिक वर्षको अन्त्यसम्म ७० प्रतिशत बजेट खर्च हुने बताएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हेलिकप्टर दुर्घटनामा अमेरिकी गायक ओलिभर ट्रीको निधन
-
श्रमिकको टेम्पो भिरबाट खसालिएको घटनाप्रति प्रगतिशील लोकतान्त्रिक पार्टीको आपत्ति, कारबाहीको माग
-
रियो दि जेनेरियोमा दुई हेलिकप्टर ठोक्किँदा ६ जनाको मृत्यु
-
प्रतिनिधि सभा बैठकमा विपक्षीहरूको विरोध
-
संघाई समूह र इलाम नगरपालिकाबीच जुहारी : चिया बगान उजाड, ब्रिटिसकालको मेसिनको अत्तोपत्तो छैन
-
इरान-अमेरिका शान्ति सम्झौताबारे सहमति पछि विश्वका नेताहरुले के भने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण