बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
बजेट

पोखरा महानगरपालिकाको बजेट ७ अर्ब १५ करोड (पूर्णपाठसहित)

आइतबार, १० असार २०८०, १९ : ०४
आइतबार, १० असार २०८०

काठमाडौँ । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ७ अर्ब १५ करोड रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएको छ । महानगरले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि कूल ७ अर्ब १५ करोड १५ लाख १७ हजार रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएको हो । 

यो चालु आर्थिक वर्षको भन्दा १८.५२ प्रतिशतले कम हो । चालु आर्थिक वर्षका लागि पोखरा महानगरपालिकाले ७ अर्ब ७७ करोड ७५ लाख रुपैयाँ बराबरको बजेट ल्याएको थियो । बजेट व्यहोर्ने स्रोत आन्तरिक राजस्व, अन्तरसरकारी राजस्व बाँडफाँड तथा संघ र प्रदेशबाट प्राप्त हुने अनुदान समेत घटेकाले बजेट घटाउनु परेको महानगरपालिकाले जनाएको छ ।

बजेट घोषणा गर्दै उपप्रमुख मञ्जुदेवी  गुरुङले संघीय सरकारको अनुदानबाट २ अर्ब ७६ करोड ३२ लाख, प्रदेश सरकारबाट १० करोड २३ लाख ६२ हजार र आन्तरिक स्रोतबाट २ अर्ब २७ करोड ८७ लाख व्यहोर्ने जनाइन् । 

चालु आर्थिक वर्षका लागि महानगरले ८ अर्ब ९९ करोड २ लाख २९ हजार बजेट विनियोजन गरेको थियो । उपमेयर गुरुङ असार ८ गतेसम्म ३ अर्ब ८५ करोड ५५ लाख ८४ हजार अर्थात्, ४३.५५ प्रतिशत खर्च भएको बताइन् । उनले चालु आर्थिक वर्षको अन्त्यसम्म ७० प्रतिशत बजेट खर्च हुने बताएकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप