गण्डकी गाउँपालिकाको बजेट ६१ करोड
गोरखा । गण्डकी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१का लागि ६१ करोड रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएको छ । गाउँ पालिकाले बजेट बेहोर्ने स्रोतका रूपमा आन्तरिक राजस्व, अन्तरसरकारी राजस्व बाँडफाँड तथा संघ र प्रदेशबाट प्राप्त हुने अनुदान रकमलाई आधार बनाएर बजेट सार्वजनिक गरिएको गाउँ पालिका अध्यक्ष दीपक तिम्लिसिनाले रातोपाटीलाई जानकारी दिए ।
अध्यक्ष तिम्लिसिनाले आगामी आर्थिक वर्षको बजेट मुख्य गरी कृषि र स्वास्थ्यमा केन्द्रित गरेर बजेट ल्याइएको बताए । जसअन्तर्गत कृषि उत्पादनलाई जोड दिँदै कृषि एम्बुलेन्स सञ्चालन गर्ने, स्वास्थ्यको हकमा सुत्केरी अशक्त र विपन्न नागरिक हरूको लागि निःशुल्क एम्बुलेन्स सञ्चालन गरिने छ । भौतिक निर्माणतर्फ वडा गौरवको आयोजना सञ्चालन गर्ने र त्यसमा ८ वटै वडाका लागि ५० लाखको दरले वडा गौरव आयोजना यस वर्ष पनि बजेटमा समावेश गरिएको अध्यक्ष तिम्लिसिनाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण