दक्षिण कोरियाका नवनियुक्त राजदूत र अध्यक्ष तिमिल्सिनाबीच भेट
काठमाडौं । नेपालका लागि गणतन्त्र दक्षिण कोरियाका नवनियुक्त राजदूत पार्क ताइयोङले राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग शिष्टाचार भेट गरेका छन् ।सोमबार सिंहदरबारस्थित राष्ट्रिय सभा अध्यक्षको सचिवालयमा भेटघाट भएको हो ।
भेटघाटका क्रममा दुई देशको सम्बन्धका बारेमा विस्तृत रूपमा छलफल भएको राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले जानकारी दिए । भेटले आगामी दिनमा दुई देशबीचको सम्बन्धलाई अझ उचाइमा पुर्याउने, सहयोगका क्षेत्रहरू फराकिलो बनाउने नेपालमा लगानी भित्र्याउने, पर्यटक भित्र्याउने कुरामा जोड दिएको अध्यक्ष तिमिल्सिनाको भनाइ छ । उनले नेपाल एयरलाइन्सले अब कोरियामा उडान भर्नुपर्ने विषयमा पनि छलफल भएको र दक्षिण कोरिया उडानले आवागमनमा सहज हुने विश्वास रहेको बताए ।
‘भेटमा दुई देशको सम्बन्धका बारेमा विस्तृत रूपमा हामीले छलफल गर्यौँ । यसले दुई देशबीचको सम्बन्धलाई आगामी दिनमा अझ उचाइमा पुर्याउने, सहयोगका क्षेत्रहरू फराकिलो बनाउने नेपालमा लगानी भित्र्याउने, पर्यटक भित्र्याउने कुरामा उहाँ उत्साहित हुनुहुन्छ । कोरियामा नेपाल एयरलाइन्सलाई अब उडान भर्नुपर्छ भन्ने कुरामा पनि छलफल भयो । यसले आवागमनमा सहज हुनेछ भन्ने छलफल भएको छ,’ अध्यक्ष तिमिल्सिनाको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली सरकारको मुख्य न्यायाधिवक्तामा हमाल नियुक्त
-
करदाता सेवा कार्यालयको राजश्वमा वृद्धि
-
एकीकृत जाँचचौकी सञ्चालनले व्यापारमा सहजीकरण हुन्छ : मन्त्री भण्डारी
-
सभामुख घिमिरेले बोलाए प्रधानमन्त्रीसहित शीर्ष नेताहरूको बैठक
-
पोखरा–सेतीवेणी–रिडी सडकको ट्रयाक खुल्यो
-
पाँच दिनमै किन भयो अन्डाको मूल्य परिवर्तन ?