दक्षिण कोरियाका नवनियुक्त राजदूत र अध्यक्ष तिमिल्सिनाबीच भेट
काठमाडौं । नेपालका लागि गणतन्त्र दक्षिण कोरियाका नवनियुक्त राजदूत पार्क ताइयोङले राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग शिष्टाचार भेट गरेका छन् ।सोमबार सिंहदरबारस्थित राष्ट्रिय सभा अध्यक्षको सचिवालयमा भेटघाट भएको हो ।
भेटघाटका क्रममा दुई देशको सम्बन्धका बारेमा विस्तृत रूपमा छलफल भएको राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले जानकारी दिए । भेटले आगामी दिनमा दुई देशबीचको सम्बन्धलाई अझ उचाइमा पुर्याउने, सहयोगका क्षेत्रहरू फराकिलो बनाउने नेपालमा लगानी भित्र्याउने, पर्यटक भित्र्याउने कुरामा जोड दिएको अध्यक्ष तिमिल्सिनाको भनाइ छ । उनले नेपाल एयरलाइन्सले अब कोरियामा उडान भर्नुपर्ने विषयमा पनि छलफल भएको र दक्षिण कोरिया उडानले आवागमनमा सहज हुने विश्वास रहेको बताए ।
‘भेटमा दुई देशको सम्बन्धका बारेमा विस्तृत रूपमा हामीले छलफल गर्यौँ । यसले दुई देशबीचको सम्बन्धलाई आगामी दिनमा अझ उचाइमा पुर्याउने, सहयोगका क्षेत्रहरू फराकिलो बनाउने नेपालमा लगानी भित्र्याउने, पर्यटक भित्र्याउने कुरामा उहाँ उत्साहित हुनुहुन्छ । कोरियामा नेपाल एयरलाइन्सलाई अब उडान भर्नुपर्छ भन्ने कुरामा पनि छलफल भयो । यसले आवागमनमा सहज हुनेछ भन्ने छलफल भएको छ,’ अध्यक्ष तिमिल्सिनाको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
-
टीकापुरमा ‘अन्तर व्यवस्थापिका सम्मेलन’ हुने
-
काठमाडाैँ महानगरद्वारा शिक्षण अस्पताललाई उपकरण प्रदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण