७४ हजार अफगानी शरणार्थी स्वदेश फिर्ता
काबुल । छिमेकी मुलुक इरानबाट पछिल्लो एक महिनामा ७४ हजारभन्दा बढी अफगानी शरणार्थी आफ्नो मातृभूमि अफगानिस्तान फर्केका छन् । सरकारी समाचार संस्था बख्तरले सोमबार अफगानी अधिकारी र एक प्रतिवेदनलाई उद्धृत गर्दै समाचारमा उल्लेख गरेको छ ।
इरानमा वर्षौंदेखि शरणार्थीका रूपमा बस्दै आएका ७४ हजार ३६ अफगानी शरणार्थी विगत एक महिनामा अफगानिस्तानको निमरोज प्रान्त हुँदै आफ्नो मातृभूमि फर्केका छन् र यो प्रक्रिया जारी रहेको प्रतिवेदनमा उल्लेख छ ।
अफगानी सञ्चारमाध्यमका अनुसार अप्रिलको सुरुदेखि मे महिनाको मध्यसम्म ६४ हजार ११५ शरणार्थी अफगानिस्तान फर्केपछि पछिल्लो तीन महिनामा इरानबाट फर्केका शरणार्थीको सङ्ख्या एक लाख ३८ हजार १५१ पुगेको छ ।
इरानमा २५ लाखभन्दा बढी दर्ता भएका अफगानी शरणार्थीहरू बस्दै आएका छन् भने त्यति नै सङ्ख्यामा अफगानी शरणार्थीहरु पाकिस्तानमा रहेका छन् ।अफगानिस्तानको कामचलाउ सरकारको नेतृत्व गरेको तालिबान समूहले विदेशमा रहेका अफगानी शरणार्थीहरुलाई स्वदेश फर्कन र आफ्नो देशको पुनर्निर्माणमा योगदान गर्न आह्वान गर्दै आएको छ ।-(रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण