श्रममन्त्रीसँगै जेनेभा गएका ट्रेड युनियनका नेता फर्केनन्
काठमाडौं । स्विजरल्याण्डको जेनेभामा आयोजित ‘अन्तर्राष्ट्रिय श्रम सम्मेलन’ मा सहभागी हुन मन्त्रीसँगै गएका ट्रेड युनियनका नेता उतै बसेका छन् । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीसँगै गएका मधेश ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य कुलबहादुर खड्का नेपाल नफर्केका हुन् ।
‘अन्तर्राष्ट्रिय श्रम सम्मेलन’ जेठ २२ देखि असार १ सम्म स्विजरल्याण्डको जेनेभामा सम्पन्न भएको थियो । सो सम्मेलनमा मन्त्री भण्डारीसँगै २४ जना नेपालबाट सहभागी थिए । मन्त्रिपरिषद्ले नेपालको तर्फबाट श्रममन्त्रीको नेतृत्वमा सहभागी हुनेगरी सहसचिव डण्डुराज घिमिरे, नेपाल उद्योग वाणिज्य महासंघको तर्फबाट उपाध्यक्ष ज्योत्सना श्रेष्ठ र ट्रेड युनियनको तर्फबाट विनोद श्रेष्ठको नाम मनोनयन गरेको थियो ।
तर, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले जेठ १० र १७ मा थप २० जनालाई सहभागी गराउने निर्णय गरे । मन्त्रीस्तरीय निर्णय अनुसार थपिएका २० जनालाई ‘आफ्नै स्रोतबाट सम्पूर्ण खर्च ब्यहोर्न’ भनिएको थियो । भ्रमण टोलीमा सहभागी २४ जनामध्ये १९ औं नम्बरमा कुलबहादुर खड्काको नाम छ । सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल पनि सहभागी थिए ।
प्रतिनिधिसभाका पूर्व सदस्य निर्जला राउत सहित २४ जना मध्ये २३ जना सम्मेलन सकेर फर्के पनि खड्का फर्केनन् । मन्त्रालय स्रोतका अनुसार असार १ सम्मका लागि जारी भएको भिसाको म्याद सकिएको छ । मधेश ट्रेड युनियन महासंघ नेपालका अध्यक्ष पल्टन ठाकुरले आफूले खड्कालाई जेनेभा जान सिफारिस गरेको रातोपाटीलाई बताए । ठाकुरले भने, ‘सिफारिस गरेको थिएँ तर, उहाँको बारेमा अरु कुरा मलाई थाहा भएन ।’
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले मन्त्रिपरिषद्ले ४ जनालाई जेनेभा जान स्वीकृति दिएको बताए । रातोपाटीसँग कुरा गर्दै मन्त्री भण्डारीले भने, ‘चार जना बाहेक अरु आफ्नै ढंगले गएका हुन्, त्यसबारे मलाई थाहा भएन ।’


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
हेलिकप्टर दुर्घटनामा अमेरिकी गायक ओलिभर ट्रीको निधन
-
श्रमिकको टेम्पो भिरबाट खसालिएको घटनाप्रति प्रगतिशील लोकतान्त्रिक पार्टीको आपत्ति, कारबाहीको माग
-
रियो दि जेनेरियोमा दुई हेलिकप्टर ठोक्किँदा ६ जनाको मृत्यु
-
प्रतिनिधि सभा बैठकमा विपक्षीहरूको विरोध
-
संघाई समूह र इलाम नगरपालिकाबीच जुहारी : चिया बगान उजाड, ब्रिटिसकालको मेसिनको अत्तोपत्तो छैन
-
इरान-अमेरिका शान्ति सम्झौताबारे सहमति पछि विश्वका नेताहरुले के भने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण