जहाँ एउटा कुकुर मेयरको चुनाव लडिरहेको छ
सोमबार, ११ असार २०८०, २१ : २४
टोरन्टो । क्यानडाको टोरन्टोमा मेयरको चुनाव हुन गइरहेको छ र यसपटक १०२ उम्मेदवारमा एक कुकुरको नाम पनि परेको छ । सात वर्षीय मोली र उनको मालिक टप्सी हिप्स ‘स्टप द साल्ट एसल्ट’ गर्ने वाचाको साथ मैदानमा उत्रिन्छन्।
जाडोमा सडकमा ठुलो मात्रामा नुनको प्रयोगले कुकुर लगायत अन्य जनावरहरूको खुट्टामा क्षति पुर्याउने हिप्सको दाबी छ। उनको अभियानमा किफायती आवासको वाचा, ठुला व्यवसायहरूमा कर वृद्धि, घर र कार्यालयहरूको लागि जीवाश्म इन्धन प्रयोग हुने ‘हिटिङ’ प्रणालीमा प्रतिबन्ध पनि समावेश छ।
बीबीसीसँग कुरा गर्दै हिप्सले भने, ‘यदि मैले जिते भने म मोलीलाई पहिलो ‘अनरेरी डग मेयर बनाउनेछु। मलाई लाग्छ कि त्यहाँ जनावर भएको भए सिटी हलले राम्रो निर्णय गर्ने थियो।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
-
नेपालगन्जमा ऐतिहासिक तलाउ मासिँदै
-
महिनाकाे पहिलाे दिन कुन राशिकाे लागि शुभ ? हेर्नुहाेस् राशिफल
-
इरानसँगको सम्झौता पूर्ण भयो: राष्ट्रपति ट्रम्प
-
जापानको सानदार ‘कमब्याक’, नेदरल्यान्ड्ससँग २–२ को बराबरी
-
८९औँ मिनेटमा ओगावाको गोलले खेल बराबरीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण