शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

ओली भेट्न किन बालकोट पुगिन् श्वेता ?

मङ्गलबार, १२ असार २०८०, १३ : ५६
मङ्गलबार, १२ असार २०८०

काठमाडौँ । अभिनेत्री श्वेता खड्का दम्पतीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । ओली निवास बालकोट पुगेर उनीहरूले ओली भेटेका हुन् । भेटमा खड्का दम्पती छोरी ब्रीआनाको साथ पुगेका थिए ।

सो क्रममा ब्रीआनालाई ओलीले आशीर्वाद दिनुका साथै काँधमा समेत लिएका छन् । ओलीसँगको भेटको तस्बिर उनले सामाजिक सञ्जाल मार्फत सार्वजनिक समेत गरेकी छन् । तस्बिरका साथ लेखेकी छन् ,काम ठुलो हुन् पर्दैन । जे गर्छौ प्रेम पूर्वक गर्दा । सदैव लक्ष्मीको बास हुन्छ । सम्माननीय पूर्व प्रधानमन्त्री केपी बुबा हजुरसँग पहिलो भेट ब्रीआना का । आशीर्वाद लिँदै ।’

श्वेता केही समय पहिले नेपाली कांग्रेसका प्रवेश गरेकी थिइन् । अहिले ओलीलाई भेट्नु उनी एमाले प्रवेश गर्न लागेको हो कि भन्ने आशङ्का गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप