ओली भेट्न किन बालकोट पुगिन् श्वेता ?
मङ्गलबार, १२ असार २०८०, १३ : ५६
१
काठमाडौँ । अभिनेत्री श्वेता खड्का दम्पतीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । ओली निवास बालकोट पुगेर उनीहरूले ओली भेटेका हुन् । भेटमा खड्का दम्पती छोरी ब्रीआनाको साथ पुगेका थिए ।
सो क्रममा ब्रीआनालाई ओलीले आशीर्वाद दिनुका साथै काँधमा समेत लिएका छन् । ओलीसँगको भेटको तस्बिर उनले सामाजिक सञ्जाल मार्फत सार्वजनिक समेत गरेकी छन् । तस्बिरका साथ लेखेकी छन् ,काम ठुलो हुन् पर्दैन । जे गर्छौ प्रेम पूर्वक गर्दा । सदैव लक्ष्मीको बास हुन्छ । सम्माननीय पूर्व प्रधानमन्त्री केपी बुबा हजुरसँग पहिलो भेट ब्रीआना का । आशीर्वाद लिँदै ।’
श्वेता केही समय पहिले नेपाली कांग्रेसका प्रवेश गरेकी थिइन् । अहिले ओलीलाई भेट्नु उनी एमाले प्रवेश गर्न लागेको हो कि भन्ने आशङ्का गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण