बागमती प्रदेशसभा सचिवालय जलमग्न, सांसदहरू कक्षभित्र समेत प्रवेश गर्न सकेनन्
मकवानपुर । केही बेर भएको वर्षाका कारन बागमती प्रदेशसभा सचिवालय जलमग्न भएको छ । दिउँसो १:३० बजेको समयमा परेको वर्षाको कारण सचिवालयको प्राङ्गणमा पानी जम्दा जलमग्न हुन पुगेको हो । वर्षाको पानीको उपयुक्त निकास नहुँदा सचिवालय प्राङ्गण तलाउ जस्तै बनेको छ ।
सचिवालयको प्राङ्गणमा पानी जम्दा प्रदेशसभा बैठक समेत प्रभावित हुन पुगेको छ । दिउँसो १ बजेका लागि आह्वान गरिएको प्रदेशसभा बैठक प्राङ्गणमा पानी जम्दा सुरु हुन नसकेको हो । पानी जम्दा बैठकमा सहभागी हुन आएका सांसदहरू सभा कक्षभित्र समेत प्रवेश गर्न सकेका छैनन् ।

संसद् सचिवालय भित्र पानी जम्ने समस्या समाधानका लागि अघिल्लो कार्यकाल देखि नै सांसदहरूले आवाज उठाउँदै आएका थिए । तत्कालीन समयमा विवेकशील साझा पार्टीका सांसद विराजभक्त श्रेष्ठले संसद्बाट सरकारको ध्यानाकर्षण गराएका थिए । श्रेष्ठ हाल राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा संसद्मा प्रतिनिधित्व गर्दछन् । श्रेष्ठले ध्यानाकर्षण गराएसँगै तत्कालीन सभामुख सानुकुमार श्रेष्ठले रुलिङ गर्दै समस्या समाधानका लागि भौतिक पूर्वाधार विकास मन्त्रीलाई निर्देशन दिएका थिए । तर सो समस्या हाल सम्म पनि समाधान हुन सकेको छैन ।
सो सरकार करिब १४ महिना कायम रह्यो भने गत मङ्सिरको निर्वाचन पछि बनेको सरकारले पनि ६ महिनाको अवधि पार गर्ने चरणमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तिलगंगाबासी भन्छन् – ‘हामी सुकुमबासी होइनौँ, राज्यले अधिकार हनन् गर्यो’
-
बाराको त्रिवेणी मिल्समा लागेको आगो नियन्त्रणमा
-
नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँ : अर्थमन्त्री वाग्ले
-
सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग
-
परीक्षामा बरामद गरिएका ४९६ थान मोबाइल नष्ट, के भन्छ सिरहा प्रहरी ?
-
इजरायली हवाई आक्रमणमा ४ जनाको मृत्यु, लेबनान युद्धविराम सम्झौता सङ्कटमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण