शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

के गर्दै छिन् पछिल्लो समय साम्राज्ञी ?

बुधबार, १३ असार २०८०, १२ : २०
बुधबार, १३ असार २०८०

काठमाडौँ । कुनै समयकी हिट अभिनेत्री हुन् साम्राज्ञी आरएल शाह । उनलाई फिल्म खेलाउन निर्माता निर्देशक मोटो रकम तिर्नेदेखि महिनौँ कुर्न समेत तयार हुन्थे ।

उनलाई फिल्मको स्क्रिप्ट दिन निर्माता–निर्देशकको लाइन नै लाग्थ्यो । फिल्ममा उनको व्यस्तता तथा चर्चा दुवै लोभलाग्दो थियो ।

गिर्दो फिल्मको व्यवसाय र निर्माता–निर्देशकसँंगको उनको बिग्रँदो सम्बन्धले उनलाई बिस्तारै फिल्मको कमी हुन थाल्यो । जोसँग काम गर्‍यो उसैसँग उनको बोलचाल हराउन थाल्यो । त्यसैले अहिले उनी फिल्मबाट फुर्सदिलो छिन् । 

डा. कपिल रिजाल निर्देशित फिल्म ‘ह्यारीकी प्यारी’पछि उनको कुनै पनि फिल्म आएको छैन । न उनी कुनै फिल्ममा जोडिएको समाचार देख्न र सुन्न नै पाइएको नै छ ।

फिल्मबाट फुर्सद पाएपछि उनले केही समय अनलाइन बिजनेस समेत थालेकी थिइन् । त्यो पनि चलेन । एक समय छानेर फिल्म गर्ने उनी अहिले भने विज्ञापनमा रमाइरहेको देख्न सकिन्छ । उनी अहिले अफर गरिएका सबै विज्ञापनमा काम गर्ने गरेको बताइन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप