के गर्दै छिन् पछिल्लो समय साम्राज्ञी ?
काठमाडौँ । कुनै समयकी हिट अभिनेत्री हुन् साम्राज्ञी आरएल शाह । उनलाई फिल्म खेलाउन निर्माता निर्देशक मोटो रकम तिर्नेदेखि महिनौँ कुर्न समेत तयार हुन्थे ।
उनलाई फिल्मको स्क्रिप्ट दिन निर्माता–निर्देशकको लाइन नै लाग्थ्यो । फिल्ममा उनको व्यस्तता तथा चर्चा दुवै लोभलाग्दो थियो ।
गिर्दो फिल्मको व्यवसाय र निर्माता–निर्देशकसँंगको उनको बिग्रँदो सम्बन्धले उनलाई बिस्तारै फिल्मको कमी हुन थाल्यो । जोसँग काम गर्यो उसैसँग उनको बोलचाल हराउन थाल्यो । त्यसैले अहिले उनी फिल्मबाट फुर्सदिलो छिन् ।
डा. कपिल रिजाल निर्देशित फिल्म ‘ह्यारीकी प्यारी’पछि उनको कुनै पनि फिल्म आएको छैन । न उनी कुनै फिल्ममा जोडिएको समाचार देख्न र सुन्न नै पाइएको नै छ ।
फिल्मबाट फुर्सद पाएपछि उनले केही समय अनलाइन बिजनेस समेत थालेकी थिइन् । त्यो पनि चलेन । एक समय छानेर फिल्म गर्ने उनी अहिले भने विज्ञापनमा रमाइरहेको देख्न सकिन्छ । उनी अहिले अफर गरिएका सबै विज्ञापनमा काम गर्ने गरेको बताइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण