विद्रोहको प्रयासपछि वाग्नर प्रमुख बेलारुस पुगे
मिन्स्क । रुसमा विद्रोहको प्रयासपछि वाग्नर समुहका प्रमुख येभगेनी प्रिगोजिन बेलारुस आइपुगेको राष्ट्रपति अलेक्जान्डर लुकासेन्कोले जानकारी दिएका छन् । बेलारुसको सरकारी टेलिभिजनका अनुसार मंगलबार लुकासेन्कोले उनी बेलारुसमा रहेको पुष्टि गरेका हुन् ।
बेलारुसमा उनी ठ्याक्कै कहाँ छन् भन्ने चाहिँ खुलाइएको छैन । शनिबार रोस्तोभ–अन–डन स्थित सैन्य मुख्यालय छाडेपछि प्रिगोजिनको कुनै तस्बिर वा भिडियो सार्वजनिक भएको छैन । यद्यपि, स्याटेलाइट तस्बिरको अध्ययन गर्ने कम्प्नी ब्ल्याकस्काईले प्रिगोजिनसम्बद्ध दुई विमान बेलारुसको राजधानीबाहिर रहेको एक सैन्य हवाई बेसमा मंगलबार बिहान ल्यान्ड भएको जनाएको छ ।
फ्लाइट राडार २४ का अनुसार दुई विमान मंगलबार बिहान ८ बजे मिन्स्क नजिक अवतरण भएका थिए । दुवै विमानले अवतरण अघि नै ट्रान्सपोर्डर बन्द गरेका कारण उनीहरू अवतरण भएको सटिक स्थान भने पत्ता लाग्न सकेको छैन ।
युरोपको जासुसी संस्थाले पनि ती दुवै विमान प्रिगोजिनकै रहेको पुष्टि गरेको छ । यद्यपि, विमानमा उनी सवार थिए कि थिएनन् भन्ने चाहिँ यकिन हुनसकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण