कानुनमन्त्री अनुपस्थित भएपछि न्याय परिषद् बैठक स्थगित
काठमाडौँ । कानुनमन्त्री अनुपस्थित भएपछि न्यायपरिषद्को बैठक स्थगित भएको छ । बजेट पारित गर्न पार्टीले ह्वीप जारी गरेपछि कानुनमन्त्री धनराज गुरुङ बैठकमा उपस्थित नभएका हुन् ।
उच्च अदालतका न्यायाधीशहरुको नियुक्तिका सम्बन्धमा छलफल गर्ने एजेण्डासहित बैठक डाकिएको थियो । गत सोमबार बसेको बैठक निष्कर्षविहीन भएपछि सोही बैठकको निरन्तरतास्वरुप बुधबारका लागि बैठक डाकिएको थियो । तर बुधबारको बैठकमा कानुनमन्त्री धनराज गुरुङ उपस्थित हुन नसक्ने भएपछि प्रधानन्यायाधीश हरिकृष्ण कार्की
र वरिष्ठतम् न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ पनि बैठकमा उपस्थित भएनन् । न्यायपरिषद्का दुईजना सदस्यहरु मात्रै परिषद्को सचिवालयमा उपस्थित भएका थिए । उच्च अदालतमा हाल ४७ न्यायाधीशको पद रिक्त छ । ४७ न्यायाधीशको पद रिक्त भएपनि यसअघि २७ न्यायाधीश पदमा नियुक्तिका लागि ८१ जनाको सर्ट लिष्ट तयार पारिएको थियो । सोही सर्ट लिष्टका आधारमा २७ जना न्यायाधीशको नियुक्ति गर्ने तयारी थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण