केदारनाथ शर्मा : शिवशिखर सहकारीको १४ अर्ब हिनामिना, भारतमा ‘सम्पर्क कार्यालय’
काठमाडौँ । केदारनाथ शर्मा शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका पूर्वअध्यक्ष हुन् । बाँके कोहलपुर नगरपालिका घर भएका ४८ वर्षीय शर्मामाथि सहकारीमा जम्मा भएको १४ अर्ब निक्षेप हिनामिना गरेको आरोप छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उनलाई भारतको लखनउबाट पक्राउ गरेर काठमाडौं ल्याएर अनुसन्धान गरिरहेको छ । शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाको मुख्य कार्यालय भक्तपुर कौशलटारमा छ ।
३५ जिल्लामा रहेको शाखामा सर्वसाधारणले जम्मा गरेको १४ अर्ब रकम शर्माले हिनामिना गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको केन्द्रीय अनुसन्धान ब्यूरोकी एआईजी किरण बज्राचार्यले रातोपाटीलाई बताइन् । निक्षेपकर्ताको अर्बौ हिनामिना गरेर भागेका शर्माले भारतमा कम्पनी खोल्ने तयारी गरिरहेका थिए ।
नेपालमा उत्पादित अर्गानिक दाल, चामल र गेडागुडी भारतमा लगेर बेच्ने तयारी गरेर एकजना भारतिय ब्यापारीसँग मिलेर उनले लखनउमा सम्पर्क कार्यालय स्थापना गरेका हुन् । ‘शिखर अर्गनाइजेशन’ को नाममा भारतमा ब्यापार गर्ने तयारी गरिरहेको अवस्थामा केन्द्रीय अनुसन्धान ब्यूरोका डिएसपी रुगम कुँवर नेतृत्वको टोलीले उनलाई पक्राउ गर्न सफल भएको छ ।
शर्माविरुद्ध केन्द्रीय अनुसन्धान ब्यूरोमा २१४ जनाले ठगीको जाहेरी दिएका छन् । जिल्ला प्रहरी परिसर ललितपुरमा ५५६ जनाले उजुरी दर्ता गराएका छन् । भक्तपुर, नेपालगञ्ज र धनगढीमा शर्माविरुद्ध सयौं जाहेरी दर्ता भएको छ । शर्माले मोरङमा ‘तुलसी बहुउद्देश्यीय सहकारी संस्था’ सञ्चालन गरेका थिए । ब्यूरोकी एआईजी बज्राचार्यका अनुसार शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाको शाखा ३५ जिल्लामा छ । ३५ जिल्लाबाट निक्षेपकर्ताले जम्मा गरेको रकममध्ये ६ अर्ब उनले भारतमा कम्पनी संचालनका लागि लगेको अनुसन्धानबाट थाहा भएको छ ।
एसएलसीसम्म अध्ययन गरेका शर्माले सुकेधारामा घर बनाएका छन् । शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाको रकम ठगेको आरोपमा उनकी पत्नी गिता शर्मासहित ३ जना अहिले थुनामा छन् । गिता शर्मा ‘शिखर अर्गनाइजेशन’का निर्देशक हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
-
नेपालमा लोकतन्त्र अपहरित भएको छ : केपी ओली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण