फोहोर व्यवस्थापन गर्न माग गर्दै स्थानीयले गराए पालिकालाई ध्यानाकर्षण
दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका—९ गोकुलेश्वर बजारका स्थानीय तथा व्यापारीहरुले फोहोर व्यवस्थापन गर्न माग गर्दै नगरपालिकाको ध्यानाकर्षण गराएका छन् ।
गोकुलेश्वर बजारबाट संकलित फोहोर लामो समयदेखि व्यवस्थापन नभएको भन्दै स्थानीय तथा व्यापारीहरुले नगरपालिकाको ध्यानाकर्षण गरेका हुन् । यसअघि उनीहरुले बजारमा संकलन गरिएको फोहोर नगरपालिकाको परिसरमा फालेका थिए ।
व्यापारी शंकर साउँद नेतृत्वको टोलीले गोकुलेश्वर बजारको फोहोर व्यवस्थापन गर्न माग गर्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बहादुर बिष्टलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।
यस्तै उक्त टोलीले नगरपालिकासँग फोहोर व्यवस्थापन सम्बन्धी छलफल गरी चाँडोभन्दा चाँडो फोहोर व्यवस्थापन गर्न नगरपालिकालाई आग्रह गरेको छ । उनीहरुले फोहोर बोक्ने गाडी, डस्टविन, आगलागी नियन्त्रण गर्न दमकललगायतको व्यवस्था गर्नुपर्ने बताएका छन् ।
ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बहादुर बिष्टले फोहोर व्यवस्थापनको विषयमा नगरपालिका गम्भीर रहेको बताए । फोहोर व्यवस्थापन गर्न गोकुलेश्वरवासीको सहयोगको आवश्यक रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण