एमालेले भन्यो–प्रदेश नामकरणको निर्णय हिंसात्मक गतिविधिबाट परिवर्तन हुँदैन
काठमाडौँ । नेकपा एमालेले प्रदेश नामकरणको निर्णय हिंसात्मक गतिविधिबाट परिवर्तन नहुने बताएको छ । एमाले प्रचार तथा प्रकाशन विभागले बिहीबार विज्ञप्ति जारी गदै प्रदेश सभाबाट गरिएको कोशी प्रदेश नामकरणको निर्णय हिंसात्मक गतिविधिबाट परिवर्तन नहुने स्पष्ट पारेको हो ।
एमाले सचिव योगेश भट्टराईमाथि बिहीबार इलाममा पहिचानवादी लिम्बुवान भोलेन्टियर्सका कार्यकर्ताले आक्रमणको प्रयास गरेका थिए । ७२ औँ मदन भण्डारी जन्मजयन्तीको अवसरमा आजको लोकतन्त्र, उपलब्धि र चुनौती विषयक अन्तरसंवादमा भाग लिन इलाम पुगेका भट्टराईलाई प्रदेश १ पुनः नामकरण संघर्ष समितिले कालो झण्डा समेत देखाएको थियो । सचिव भट्टराईमाथि भएको अभद्र व्यवहारको एमालेले निन्दा र भर्त्सना गरेको छ ।
एमाले प्रचार तथा प्रकाशन विभाग सचिव गगन विष्टले जारी गरेको विज्ञप्तिमा भनिएको छ,'संविधान र कानुनी व्यवस्था अनुसार प्रदेशसभाको दुईतिहाई बहुमतबाट भएको कोशी प्रदेश नामकरणमा असहमति राख्ने समूहले नेकपा (एमाले) र यसका नेताहरूलाई विगत केही महिनादेखि गरिरहेको आक्रमण प्रयासको पछिल्लो श्रृङ्खलाका रूपमा आज इलाममा सचिव भट्टराईमाथि गरिएको अभद्र व्यवहारको नेकपा (एमाले) निन्दा र भर्त्सना गर्दछ । प्रदेश सभाबाट गरिएको कोशी प्रदेश नामकरणको निर्णय हिंसात्मक गतिविधिबाट परिवर्तन हुनसक्दैन भन्नेतर्फ उक्त समूहलाई हाम्रो पार्टी गम्भीर ध्यानाकर्षण गराउन चाहन्छ ।'
यस्तै एमालेले हिंसात्मक गतिविधि नियन्त्रणमा सरकारले उदासीनता देखाएको भन्दै आपत्ति जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गत आर्थिक वर्षमा धनुषा र महोत्तरीमा ४० किलोमिटर कालोपत्र
-
सुनसरी घटनाको निष्पक्ष छानबिनको माग गर्दै सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग
-
नारायणगढ–मुग्लिन सडक एकतर्फी सवारी सञ्चालन
-
सुनसरी घटना : प्रहरीको गोली लागेर नागरिकको मृत्यु भएकोमा नेकपाद्वारा भर्त्सना
-
निजी अस्पतालहरूको सञ्चालक संस्थाले भन्यो: ओपीडी सेवा नचलाउनू
-
सुरुङमार्ग उद्घाटनप्रति व्यवसायी खुसी, तोकिएको शुल्कबारे पुनर्विचार गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण