शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

एमालेले भन्यो–प्रदेश नामकरणको निर्णय हिंसात्मक गतिविधिबाट परिवर्तन हुँदैन

बिहीबार, १४ असार २०८०, २१ : ००
बिहीबार, १४ असार २०८०

काठमाडौँ । नेकपा एमालेले प्रदेश नामकरणको निर्णय हिंसात्मक गतिविधिबाट परिवर्तन नहुने बताएको छ । एमाले प्रचार तथा प्रकाशन विभागले बिहीबार विज्ञप्ति जारी गदै प्रदेश सभाबाट गरिएको कोशी प्रदेश नामकरणको निर्णय हिंसात्मक गतिविधिबाट परिवर्तन नहुने स्पष्ट पारेको हो । 

एमाले सचिव योगेश भट्टराईमाथि बिहीबार इलाममा पहिचानवादी लिम्बुवान भोलेन्टियर्सका कार्यकर्ताले आक्रमणको प्रयास गरेका थिए । ७२ औँ मदन भण्डारी जन्मजयन्तीको अवसरमा आजको लोकतन्त्र, उपलब्धि र चुनौती विषयक अन्तरसंवादमा भाग लिन इलाम पुगेका भट्टराईलाई प्रदेश १ पुनः नामकरण संघर्ष समितिले कालो झण्डा समेत देखाएको थियो । सचिव भट्टराईमाथि भएको अभद्र व्यवहारको  एमालेले निन्दा र भर्त्सना गरेको छ ।  

एमाले प्रचार तथा प्रकाशन विभाग सचिव गगन विष्टले जारी गरेको विज्ञप्तिमा भनिएको छ,'संविधान र कानुनी व्यवस्था अनुसार प्रदेशसभाको दुईतिहाई बहुमतबाट भएको कोशी प्रदेश नामकरणमा असहमति राख्ने समूहले नेकपा (एमाले) र यसका नेताहरूलाई विगत केही महिनादेखि गरिरहेको आक्रमण प्रयासको पछिल्लो श्रृङ्खलाका रूपमा आज इलाममा सचिव भट्टराईमाथि गरिएको अभद्र व्यवहारको नेकपा (एमाले) निन्दा र भर्त्सना गर्दछ । प्रदेश सभाबाट गरिएको कोशी प्रदेश नामकरणको निर्णय हिंसात्मक गतिविधिबाट परिवर्तन हुनसक्दैन भन्नेतर्फ उक्त समूहलाई हाम्रो पार्टी गम्भीर ध्यानाकर्षण गराउन चाहन्छ ।'

यस्तै एमालेले हिंसात्मक गतिविधि नियन्त्रणमा सरकारले उदासीनता देखाएको भन्दै आपत्ति जनाएको छ । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप