जिम्बाबेसँग १४ रनले हार्यो ओमन
काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको सुपर सिक्स चरणको पहिलो खेलमा बलियो जिम्बाबेले ओमनलाई १४ रनले हराएको छ । ओमनले अन्तिम समयसम्म जिम्बाबेलाई गतिलो चुनौति दिएको थियो ।
टस हारी पहिलो ब्याटिङ गरेको जिम्बाबेले निर्धारित ओभरमा सात विकेट गुमाएर तीन सय ३२ रन बनाएको थियो । जिम्बाबेका लागि तेस्रो नम्बरका ब्याट्सम्यान सिन विलियम्सले सतकीय पाली खेलको थिए । उनले एक सय ४२ रन बनाए ।
विलियम्सले एक सय तीन बलको सामना गरी तीन छक्का र १४ चौका हिर्काएका थिए । लुक जोङ्वेले टोलीको खातामा अविजित ४३ रन थपे । सिकन्दर राजाले ४२ रन बनाए । कप्तान क्रेग एर्भिनले २५ रन जोडेका थिए । जवाफी ब्याटिङमा ओर्लिएको ओमानले उत्कृष्ट ब्याटिङ गरे पनि निर्धारित ओभरमा नौ विकेट गुमाएर तीन सय १८ रनमात्र बनाउन सक्यो ।
ओमनका लागि ओपनर ब्याट्सम्यान काश्यप प्रजापतीले एक सय तीन रनको योगदान गरे । उनले केवल ९७ बलमा एक छक्का र १२ चौका प्रहार गरे । अयान खानले ४७ रन बनाए । तेस्रो नम्बरका ब्याट्सम्यान अकिब ईलियस ४५ रनमा आउट भए ।
कप्तान जिसन मक्सुद ३७ रन जोडे । मोहम्मद नदिमले अविजित ३० रनको योगदान गरे । ओमनले अतिरिक्त रुपमा २० रन पायो । जिम्बाबेका बलर तेन्डाई ताटरा र ब्लेसिङ मुजारबानीले तीन—तीन विकेट लिए । रिचर्डले पनि दुई विकेट हात पारे ।
सिकन्दर राजाले एक विकेट लिए । विश्वकप छनोटमा शुक्रबार सुपर सिक्स चरणमा नेदरल्यान्ड्स र श्रीलंकाबीच खेल हुनेछ । शुक्रबार नै प्लेअफ चरणको पहिलो खेलमा अमेरिका र आयरल्यान्ड भिड्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण