बेस रेटमा दुई प्रतिशतभन्दा बढी लिएर कर्जा प्रवाह गरे कारबाही
काठमाडौँ । बैङ्क तथा वित्तीय संस्थाले आधार दर (बेस रेट) मा दुई प्रतिशतभन्दा बढी लिएर कर्जा प्रवाह गरेको पाइएमा कारबाही हुने भएको छ । नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाले आधार दर (बेस रेट) मा दुई प्रतिशतसम्म मात्र थप गरी ब्याजदर तोक्नुपर्ने सर्कुलर जारी गरेको छ तर आधार दरमा दुई प्रतिशतभन्दा बढी प्रिमियम थपेर कुनै पनि बैङ्क तथा वित्तीय संस्थाले ब्याज लिएर कारबाही हुने सर्कुलरमा उल्लेख छ ।वित्तीय सचेतनाका लागि भन्दै राष्ट्र बैङ्कले यस्तो सूचना जारी गरेको हो ।
दुई करोड रुपियाँसम्मको खाद्यान्न उत्पादन, पशुपन्छी, मत्स्यपालन, निर्यातजन्य उद्योग, शतप्रतिशत स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग, हस्तकलालगायत व्यवसाय सञ्चालनका लागि आधार दरमा दुई प्रतिशत मात्र थप गरी ब्याजदर लिन पाइने व्यवस्था भएको राष्ट्र बैङ्कले जनाएको छ ।राष्ट्र बैङ्कले गत वर्ष २०७९ साउन १८ गते निर्देशन नै जारी गरी सो व्यवस्था कायम गरेको थियो । सोही निर्देशनविपरीत कसैले पनि बढी ब्याज लिएको पाइएको खण्डमा राष्ट्र बैङ्कलाई जानकारी गराउन पनि भनेको छ ।आधार दरमा दुई प्रतिशतभन्दा बढी प्रिमियम थप गरी ब्याजदर कायम गरेर कर्जा लिएको राष्ट्र बैङ्कलाई खबर गर्न सकिने राष्ट्र बैङ्कले जनाएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण