आज राष्ट्रिय धान दिवस, कैलालीमा २२ प्रतिशत रोपाइँ
शुक्रबार, १५ असार २०८०, ०८ : ०१
धनगढी । आज देशभर राष्ट्रिय धान दिवस मनाइँदै छ । सुदूरपश्चिम प्रदेशमा पनि विभिन्न कार्यक्रम गरी दिवस मनाइने भएको छ ।
यो वर्ष जलवायु ‘अनुकूलित कृषक मैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराका साथ २०औँ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव २०८० मनाउन लागिएको छ ।
यसैबीच सुदूरपश्चिमका राजधानी तथा प्रदेशकै सबैभन्दा बढी धान खेती हुने कैलाली जिल्लामा २२ प्रतिशत रोपाइँ भएको छ ।
कृषि ज्ञान केन्द्र धनगढीका प्रमुख खगेन्द्र प्रसाद शर्माका अनुसार यहाँ हालसम्म २२ प्रतिशत मात्रै रोपाइ भएको हो ।
कैलालीको अधिकांश जमिनमा सिँचाई सुविधा नभएको बताउँदै उनले मनसुन पनि ढिला प्रवेश गरेकोले कम रोपाइ भएको उल्लेख गरे ।
उनका अनुसार जिल्लाको भजनी, जोशीपुर र कैलारी गाउँपालिका क्षेत्रमा बढी रोपाइ भएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण