आज राष्ट्रिय धान दिवस, कैलालीमा २२ प्रतिशत रोपाइँ
शुक्रबार, १५ असार २०८०, ०८ : ०१

धनगढी । आज देशभर राष्ट्रिय धान दिवस मनाइँदै छ । सुदूरपश्चिम प्रदेशमा पनि विभिन्न कार्यक्रम गरी दिवस मनाइने भएको छ ।
यो वर्ष जलवायु ‘अनुकूलित कृषक मैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराका साथ २०औँ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव २०८० मनाउन लागिएको छ ।
यसैबीच सुदूरपश्चिमका राजधानी तथा प्रदेशकै सबैभन्दा बढी धान खेती हुने कैलाली जिल्लामा २२ प्रतिशत रोपाइँ भएको छ ।
कृषि ज्ञान केन्द्र धनगढीका प्रमुख खगेन्द्र प्रसाद शर्माका अनुसार यहाँ हालसम्म २२ प्रतिशत मात्रै रोपाइ भएको हो ।
कैलालीको अधिकांश जमिनमा सिँचाई सुविधा नभएको बताउँदै उनले मनसुन पनि ढिला प्रवेश गरेकोले कम रोपाइ भएको उल्लेख गरे ।
उनका अनुसार जिल्लाको भजनी, जोशीपुर र कैलारी गाउँपालिका क्षेत्रमा बढी रोपाइ भएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्पताल विकास समितिको पारदर्शिता र सेवामा एकरूपता ल्याउन विधेयकको तयारी
-
स्थानीय तहमा ‘खानेपानी बोर्ड’को आवश्यकता देखियो : उपाध्यक्ष डा. नेपाल
-
एकीकृत समाजवादी संसदीय दलको बैठक स्थगित
-
प्रहरी स्टाफ कलेजको औपचारिक सुरुवात, गृहमन्त्रीले गरे उद्घाटन
-
‘प्रधानमन्त्री र मन्त्रीहरूको विदेश भ्रमणबारे अन्तर्राष्ट्रिय समितिलाई अनिवार्य जानकारी गराउनुपर्छ’
-
केहि दिनभित्रै कृषि ऐन कार्यान्वयनमा आउँछ : मन्त्री अधिकारी