हेटौंडामा यात्रुबाहक बस दुर्घटना, ३७ जना घाइते
शुक्रबार, १५ असार २०८०, १३ : ५१
हेटौंडा । मकवानपुुको हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ३७ जना घाइते भएका छन् । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–११ नवलपुरमा ना ६ ख ९८०४ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा ३७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
नारायणगढबाट जनकपुर जाँदै गरेको उक्त बस अनियन्त्रित भइ सडकबाट करिव १०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरिक्षक वामदेव गौतमले जानकारी दिए । उनका अनुसार घाइते १० जनाको हेटौंडा–११ स्थित चुरेहिल अस्पताल २७ जनालाई हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।
घाइते मध्ये एक जनाको अवस्था भने गम्भिर रहेको उनले बताए । दुर्घटनाका विषयमा थप विवरण खुल्न बाँकी रहेको उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण