एनएमबि बैंक लि. र खेतीको सहकार्यमा एनएमबि खेती कर्जाको सुरुवात

काठमाडौँ । एनएनबि बैंक लिमिटेड र नेपालको डिजिटल कृषि एप खेतीको सहकार्यमा पूर्णपुरमा डिजिटल प्रविधिमा आधारित बिना धितो एनएमबि खेती कर्जाको आधिकारिक रूपमा शुभारम्भ भएको छ । यस कर्जा मार्फत किसानहरूले खेती एपको नयाँ फिचर एनएमबि खेती कर्जामा आवेदन दिई सहज रूपमा ५ मिनेटभित्रै कर्जा प्राप्त गर्न सक्नेछन् । वित्तीय पहुँचबाट वञ्चित रहेका किसानहरूले सहज रूपमा कर्जा प्राप्त गरुन् भन्ने हेतुले पूर्णपुरमा डिजिटल प्रविधिमा आधारित बिना धितो कर्जा नेपालमा नै पहिलो पटक सुरु गरिएको हो ।
किसानहरूले आफूलाई आवश्यक कृषि बिउ बिजन, अन्य विभिन्न आवश्यक कृषिजन्य बस्तु तथा उपकरणहरू खरिद गर्नको लागि यो कर्जा सरल किस्ताबन्दीमा बिना धितो प्राप्त गर्न सक्नेछन् भने यस कर्जा प्राप्त गर्नको लागि अन्य कर्जा जस्तै कर्जाको लागि आवश्यक कागजातहरू पेस गर्नुपर्ने झन्झट बेहोर्नुपर्ने हुँदैन । यो कर्जा पूर्णपुरमा डिजिटल प्रविधिमा आधारित कर्जा भएकाले किसानहरूले खेतीसँग पहिला गरेको कारोबारको मूल्याङ्कन गरेर स्वीकृति गरिनेछ भने ग्राहकहरूले ३ महिना देखि २४ महिनासम्मको भुक्तानी अवधिभित्र कर्जा चुक्ता गर्ने सुविधा प्राप्त गर्न सक्नेछन् र कर्जा चुक्ता गरिसकेपछि निजले फेरी अर्को कर्जा पनि तुरुन्तै प्राप्त गर्न सक्नेछन् ।
यस एनएमबि खेती कर्जा प्राप्त गर्नको लागि ग्राहकहरूले एनएमबि बैंकमा खाता खोलेको हुनुपर्दछ भने खेती एप अनिवार्य डाउनलोड गरी एपमा भएका फिचरहरूको प्रयोग गरेर ग्राहक पहिचान विवरण भर्नुको साथै कृषिजन्य उत्पादन तथा उपकरणको कारोबार खेती एपबाट गरेको साथै रोग तथा किरा नियन्त्रण, फर्म सुरु जस्ता खेतीका महत्त्वपूर्ण चरणहरूमा पूर्ण सहभागी भएको हुनुपर्नेछ ।
देशले कृषिको व्यवसायीकरणमा जोड दिइरहेको अवस्थामा किसानहरूलाई पूर्णरुपमा डिजिटल प्रविधिमा आधारित बिना धितो कर्जा ५ मिनेटभित्र प्राप्त गर्न सकिने यस एनएमबि खेती कर्जाले किसानहरू लाभान्वित भई समग्र कृषि क्षेत्रको विकास भई नेपालको अर्थतन्त्रलाई नै सकारात्मक प्रभाव परि देशको आर्थिक विकासमा मद्दत पुग्ने बैंक र खेतीको विश्वास रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असार अन्तिममा गण्डकी कप महिला फुटबल हुने
-
पोखरामा अनधिकृत व्यापारले हैरानी, व्यवसायीलाई दु:ख नदिन महानगरसँग आग्रह
-
कर्णाली प्रदेशमा खानेपानीको समस्या अन्त्य गर्छौँ : मन्त्री यादव
-
लागूऔषध सहित पोखराबाट २ जना पक्राउ
-
भाटभटेनीबाट रक्सी, चुरोट र ‘सितन’ चोर्ने पक्राउ
-
भारतीय प्रहरीको गोली लागेर एक नेपाली घाइते, मोटरसाइकल चोरीको आरोप