सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

२८ घण्टापछि सञ्चालनमा आयो नारायणगढ-मुग्लिन सडक

शुक्रबार, १५ असार २०८०, १८ : ११
शुक्रबार, १५ असार २०८०

काठमाडौँ । बिहीबारदेखि अवरुद्ध नारायणगढ-मुग्लिन सडक खण्ड सञ्चालनमा आएको छ । पहिरो खसेर बिहीबारदेखि अवरुद्ध नारायणगढ-मुग्लिङ सडक खण्ड २८ घण्टा पछि सञ्चालनमा आएको हो। 

पहिरो पन्छाएसँगै शुक्रबार साँझ ५ बजेदेखि दुईतर्फी रूपमा सडक सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । नारायणगढ-मुग्लिङ सडक खण्डको ३ नम्बर पुल नजिकै बिहीबार दिउँसो १ बजे पहिरो खसेपछि सडक अवरुद्ध हुँदा सवारी आवतजावत बन्द भएको थियो । 

सडकको माथिल्लो भागबाट निरन्तर पहिरो झर्ने क्रम भने यथावत् रहेकाले यात्रा गर्दा सचेत रहनुपर्ने प्रहरीको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप