सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

वायु सेवा निगम ६६औँ वर्षमा

शनिबार, १६ असार २०८०, १२ : २८
शनिबार, १६ असार २०८०

काठमाडौँ । नेपाल वायुसेवा निगम स्थापना भई सञ्चालनमा आएको ६५ वर्ष पुगेको छ । आज  देखि निगम ६६औँ वर्ष प्रवेश गरेको हो ।

यस क्रममा आज निगमले विभिन्न कार्यक्रम गरेर आफ्नो वार्षिकोत्सव मनाएको छ । निगमले आकाश भैरवको पूजा आधाराना गर्नुका साथै पैदल यात्रा समेत सम्पन्न गरेको छ । निगमको प्रधान कार्यालय कान्तिपथबाट सुरु भएको पैदल यात्रा वसन्तपुर, आकाश भैरव मन्दिर, असन, जमल, घण्टाघर, शहिदगेटसम्म चलेको थियो ।

त्यसक्रममा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले सम्पूर्ण कर्मचारीहरूलाई अनुशासित भई एकजुट भएर काम गर्न अनुरोध गरे । यस्तै, आउने सम्पूर्ण समस्यालाई समाधान गरेर अघि बढ्न समेत अधिकारीले अनुरोध गरे ।

‘राष्ट्रिय ध्वजावाहकको मान र स्वाभिमान कायम राख्दै निगमको हितमा कार्य गर्नुपर्छ,’ अधिकारीले भने । 

निगमको ६५ औँ वार्षिकोत्सवको अवसरमा २०८० असार ०८ गते निगमको केन्द्रीय कार्यालयमा र एयरपोर्टमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा निगमका १७२ जना कर्मचारीले रक्तदान गरेका थिए ।

त्यसैगरी निगमको केन्द्रीय कार्यालयमा असार १५ गते टेबल टेनिस प्रतियोगिता सम्पन्न भएको थियो । उक्त प्रतियोगितामा पुरुषतर्फ निगमका कामु उपनिर्देशक शैलेश कंशकार प्रथम हुनुभएको थियो भने निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी द्वितीय भएका थिए ।

महिलातर्फ उपनिर्देशक सबिना शाक्यले प्रथम स्थान ओगट्न सफल भएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप