नेपालबाट ४० करोडको यार्सागुम्बा निर्यात

काठमाडौं । चालू आर्थिक वर्ष २०७९/८० को ११ महिनाको अवधिमा नेपालबाट ४० करोड ४९ लाख रुपैयाँभन्दा धेरैको यार्सागुम्बा निर्यात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि जेठ महिनासम्मको अवधिमा उक्त मूल्य बराबरको यार्सागुम्बा विदेश निर्यात भएको हो । यस अवधिमा नेपालबाट जम्मा ६२७ किलो यार्सागुम्बा निर्यात भएको छ । यसको अर्थ प्रतिकिलो ६ करोड ४५ लाख रुपैयाँमा यार्सागुम्बा विदेशतर्फ निर्यात भइरहेको छ । हाल नेपालबाट विश्वका एक दर्जन मुलुकमा यार्सागुम्बा निर्यात भइरहेको छ ।
सबैभन्दा धेरै हङकङमा १८ करोड ८७ लाख रुपैयाँको यार्सागुम्बा निर्यात भएको विभागको तथ्यांकले देखाउँछ । यस्तै, कम्बोडियामा १२ करोड ४० लाख रुपैयाँ बराबरको यार्सागुम्बा निर्यात भएको तथ्यांक छ । यसबाहेक, भियतनाममा ४ करोड ५३ लाख रुपैयाँको यार्सागुम्बा निर्यात हुँदा सिंगापुरमा १ करोड ३१ लाख रुपैयाँको निर्यात भएको छ । यसबाहेक, चीन, फ्रान्स, जर्मनी, इटाली, दक्षिण कोरिया, मलेसिया, बेलायत र अमेरिकामा समेत निर्यात हुने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हचुवाको भरमा रुग्ण उद्योगको सञ्चालन नगरौँ
-
सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित
-
मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित
-
इरानले फेरि इजरायलमा हान्यो क्षेप्यास्त्र, तेहरानमा पनि विस्फोट
-
धवलपछि रवीन्द्र मिश्र पनि अदालतमा उपस्थित
-
मनसुनको प्रभाव : बाढी-पहिरोले अवरुद्ध छन् यी राजमार्ग