नेपालबाट ४० करोडको यार्सागुम्बा निर्यात
काठमाडौं । चालू आर्थिक वर्ष २०७९/८० को ११ महिनाको अवधिमा नेपालबाट ४० करोड ४९ लाख रुपैयाँभन्दा धेरैको यार्सागुम्बा निर्यात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि जेठ महिनासम्मको अवधिमा उक्त मूल्य बराबरको यार्सागुम्बा विदेश निर्यात भएको हो । यस अवधिमा नेपालबाट जम्मा ६२७ किलो यार्सागुम्बा निर्यात भएको छ । यसको अर्थ प्रतिकिलो ६ करोड ४५ लाख रुपैयाँमा यार्सागुम्बा विदेशतर्फ निर्यात भइरहेको छ । हाल नेपालबाट विश्वका एक दर्जन मुलुकमा यार्सागुम्बा निर्यात भइरहेको छ ।
सबैभन्दा धेरै हङकङमा १८ करोड ८७ लाख रुपैयाँको यार्सागुम्बा निर्यात भएको विभागको तथ्यांकले देखाउँछ । यस्तै, कम्बोडियामा १२ करोड ४० लाख रुपैयाँ बराबरको यार्सागुम्बा निर्यात भएको तथ्यांक छ । यसबाहेक, भियतनाममा ४ करोड ५३ लाख रुपैयाँको यार्सागुम्बा निर्यात हुँदा सिंगापुरमा १ करोड ३१ लाख रुपैयाँको निर्यात भएको छ । यसबाहेक, चीन, फ्रान्स, जर्मनी, इटाली, दक्षिण कोरिया, मलेसिया, बेलायत र अमेरिकामा समेत निर्यात हुने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण