शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

जनताको अपेक्षाअनुसार सरकारले काम गर्न सकेन : माधवकुमार नेपाल

शनिबार, १६ असार २०८०, १५ : ३०
शनिबार, १६ असार २०८०

काठमाडौँ । सत्तारुढ नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सरकारको काम कारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन् । ६५ औं संसद दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले सरकारको काम कारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका हुन् । उनले जनताको अपेक्षाअनुसार विकास निर्माणको कामले गति लिन नसकेको, सुशासनको प्रत्याभूति दिन नसकेको र जनतालाई सहज सेवा उपलब्ध गराउन नसकेको भन्दै सरकारको काम कारबाहीप्रति असन्तुष्टि व्यक्त गरे । 

अध्यक्ष नेपालले भ्रष्टाचारको अन्त्य गर्ने, सुशासनको प्रत्याभूति दिने, जनताको सेवा प्रवाहको कामलाई प्रभावकारी बनाउने गरी सरकारलाई दवाव दिने काममा लाग्न पनि सांसदहरुलाई आग्रह गरे । जनताको प्रतिनिधि भएको नाताले सांसदहरुले उनीहरुको सेवाको काममा केन्द्रित हुन सरकारलाई दवाव दिनुपर्ने उनको भनाई थियो । अध्यक्ष नेपालले जन सेवाको कामलाई सहज बनाउने गरी अघि बढन सरकार र सांसदहरुको सम्बन्ध पनि सुमधुर हुनुपर्ने आवश्यक्ता औंल्याए ।

‘यो देशको स्वाभिमानको रक्षा गर्ने सन्दर्भमा सबै राजनीतिक दलहरु एकतावद्ध भइ अगाडि बढनुपर्ने हुन्छ । अहिले हाम्रो देशमा विकासको यात्रालाई अगाडि बढाउनु पर्नेछ । जनताले अपेक्षा गरे बमोजिम विकासले गति लिन सकेको छैन । शासन, प्रशासन चलेको छैन । भ्रष्टाचार अहिले पनि व्याप्त छ । ती सबै भ्रष्टाचारलाई उन्मूलन गर्नुपर्ने, सुशासनको प्रत्याभूति दिनुपर्ने र जनतालाई सहज सेवा उपलब्ध गराउनुपर्ने हुन्छ’ अध्यक्ष नेपालले भने, ‘यी सबैमा निगरानी जनताका प्रतिनिधिहरुकै हुन्छ । जनताको प्रतिनिधिको हैसियतले सांसदहरुले नै यो भूमिका निर्वाह गर्नुपर्ने हुन्छ ।’ 

अध्यक्ष नेपालले देशको स्वाभिमानको रक्षा गर्ने विषयमा सबै राजनीतिक दलहरु एकतावद्ध भएर अघि बढनुपर्नेमा पनि जोड दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप