माेदी सरकारले खोस्यो आदिपुरुषका लेखकलाई दिइएका प्रोजेक्ट
नयाँदिल्ली । नरेन्द्र माेदी सरकारले बलिउड चलचित्र 'आदिपुरुष'का लेखकलाई दिइएका प्रोजेक्ट खोसेको छ । रामायणलाई चलचित्र 'आदिपुरुष' गलत तरिकाले प्रस्तुत गरेको अभियोग लागेका लेखका मुन्तासिरका प्रोजेक्ट खोसिएको हो ।
भारतीय जनता पार्टीका प्रवक्ता तथा राज्यसभा सांसद सुधांशु त्रिवेदीले यसबारेमा जानकारी दिएका हुन । उनले भनेका छन्, ‘मनोज मुन्तासिरजी, तपाईंको मुर्खताको नतिजा आउन थालेको छ, केन्द्र सरकारका धेरै विभागहरू पन्छिन थालेका छन्, सरकारी विभागका धेरै परियोजनाबाट मुन्तासिरको नाम काटियो ।’
उनले आदिपुरुषमा रामायण, भगवान् रामलगायतको चरित्रलाई अपव्याख्या गरेको भन्दै भाजपालगायत दलका नेताहरूले उनी माथि आक्रोश पोखेका थिए भने नेपालमा सो चलचित्र प्रतिबन्ध लगाइएका कारण चल्न पाएको थिएन ।
उनी अगाडी लेख्छन्, ‘यो भगवान् श्रीरामजीको दण्ड हो, अहिले पनि समय छ- भगवान् श्रीरामजीसँग माफी माग्नु होस् ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घट्दै रोपाइँको क्षेत्रफल
-
ट्रम्प लज्जास्पद रूपमा असफल : बाइडेन
-
यू–२० राष्ट्रिय रग्बी: महिलातर्फ बागमती र कोशी फाइनलमा, पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा
-
मौलाकालिका जलविद्युत आयोजनाको भौतिक प्रगति ३० प्रतिशत
-
नेपालमा रहेका भारतीय नागरिकलाई राहत : अब काठमाडौँबाटै सिंगापुरको भिसा आवेदन दिन सकिने
-
संयुक्त विद्यार्थी संगठनले भने– त्रिविमा संवैधानिक व्यवस्था र लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण