संसद्को अभिलेखलाई बचाउन उपसभामुख रानाको सुझाव*
काठमाडौँ । उपसभामुख इन्दिरा रानाले नेपालको संसद्को अभिलेखलाई बचाउन आग्रह गरेकी छिन् । ६५ औँ संसद् दिवसको अवसर पारेर शनिबार काठमाडौँमा पूर्व सांसद मञ्चले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उपसभामुख रानाले विदेशको संसद् भवनमा पूर्व सभामुखहरूको तस्बिर राख्ने गरिएको तर नेपालको संसद्मा त्यस्तो नभएको उल्लेख गरेकी छिन् ।
उनले भनिन्–‘अस्ति म डब्लुटीओको कन्फ्रेन्समा सिंगापुरमा गएको थिएँ । त्यहाँ पार्लियामेन्ट भिजिट गर्ने मौका पाएको थिएँ । त्यहाँ पहिलाका सभामुखज्यूले कस्तो टोपी लगाउनुहुन्थ्यो, कस्तो लुगा लगाउनुहुन्थ्यो ? अहिलेका सभामुखज्यूले कस्तो लाउँछ ? त्यो विकास क्रमअनुसार त्यसरी राख्नुभएको छ के हरेक । हामीमा खै त त्यस्तो ? भित्र पस्ने बित्तिकै त्यहाँको सम्माननीय सभामुखज्यूको त यत्रो फोटो राख्नुभा छ हाम्रोमा त छैन सभामुखज्यूकोमा फोटो पनि । संसद्लाई त मलाई त यो एकदमै अलिक बायस गरेको जस्तो पनि लाग्छ । मैले यो मैले यहीँबाट यो कुराहरू उठाउँदैछु र संसद्ले सरकार, संसद्बाटै सरकार उत्पन्न हुने हो । अब सरकारकै कन्ट्रोल हुन्छ भन्छ यो कुरा पनि हामीले एकदमै मनन गर्नुपर्ने लागेको छ ।’
उपसभामुख रानाले सांसदहरूले संसद्मा बोल्नका लागि पर्याप्त अभ्यास नगर्ने गरेको बताउँदै इन्टरनेटमा खोजेर अधिकांश सांसदले एउटै कुरा राख्ने गरेको उल्लेख गर्दै मिहिनेतका साथ खोजेर संसद्मा विषयवस्तु राख्न सांसदहरूलाई सुझाव समेत दिएकी छिन् । उनले संसद्मा महिला सहभागिता पनि बढाउन आवश्यक रहेकोमा जोड दिएकी छिन् ।
यसअघि प्रकाशित समाचारमा अन्यथा भएकोमा क्षमायाचना सहित सच्याइएको छ ।–सम्पादक
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण