धनगढी उडेको श्री एयरलाइन्सको जहाजमा समस्या आएपछि अवतरण नगरी फर्कियो
शनिबार, १६ असार २०८०, १९ : १६
काठमाडौँ । प्राविधिक समस्याका कारण काठमाडौंबाट धनगढी उडानको श्री एयरलाइन्सको जहाज अवतरणा नगरी काठमाडौं नै फर्किएको छ । श्री २२५ उडान नम्बरको जहाज शनिबार अपरान्ह ३:३३ मा काठमाडौं विमानस्थलबाट उडेको थियो । हाइड्रोलिक फेल भएपछि जहाज काठमाडौं नै फिर्ता भएको हो ।
श्रीको जहाज अवतरणपछि काठमाडौं विमानस्थलको ट्याक्सी वेमा अड्किएको थियो। त्यसलाई तानेर पार्किङ वेमा लगिएको छ भने धावनमार्ग खाली भएको छ । पछिल्लो समय श्रीको जहाजमा बारम्बार समस्या आइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संकटग्रस्त सहकारीको अध्ययन गर्न समिति बनाउन प्रयास भइरहेको छ : प्रधानमन्त्री प्रचण्ड
-
जनकपुरस्थित सहकारीको ८० लाख लुटेको आरोपमा दुईजना पक्राउ
-
वर्ल्डलिंकले दायर गरेको सबै मुद्दा खारेज, राज्यलाई २ अर्ब बुझाउनुपर्ने
-
मधेसमा ४ दल मिलेर सरकार गठन गर्ने, मुख्यमन्त्रीमा सहमति हुन बाँकी
-
नेपाल बैंकको सुरक्षा गार्डको हत्या आरोपमा सशस्त्रका पूर्वजवान पक्राउ
-
मधेस प्रदेश : एमाले र माओवादी केन्द्रद्वारा समर्थन फिर्ता, जसपा नेपाललाई झट्का