धनगढी उडेको श्री एयरलाइन्सको जहाजमा समस्या आएपछि अवतरण नगरी फर्कियो
शनिबार, १६ असार २०८०, १९ : १६
काठमाडौँ । प्राविधिक समस्याका कारण काठमाडौंबाट धनगढी उडानको श्री एयरलाइन्सको जहाज अवतरणा नगरी काठमाडौं नै फर्किएको छ । श्री २२५ उडान नम्बरको जहाज शनिबार अपरान्ह ३:३३ मा काठमाडौं विमानस्थलबाट उडेको थियो । हाइड्रोलिक फेल भएपछि जहाज काठमाडौं नै फिर्ता भएको हो ।
श्रीको जहाज अवतरणपछि काठमाडौं विमानस्थलको ट्याक्सी वेमा अड्किएको थियो। त्यसलाई तानेर पार्किङ वेमा लगिएको छ भने धावनमार्ग खाली भएको छ । पछिल्लो समय श्रीको जहाजमा बारम्बार समस्या आइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण