शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेशसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने

आइतबार, १७ असार २०८०, ०९ : ११
आइतबार, १७ असार २०८०

दाङ । लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दै छ । बैठकमा लुम्बिनी सरकारले आगामी आर्थिक वर्ष २०८०-८१ का लागि पेस गरेको बजेटमाथि छलफल हुनेछ । 

प्रमुख प्रतिपक्षी नेकपा एमालेले बजेटमा असन्तुष्टि जनाउँदै आएकोले प्रदेशसभा चल्नेमा भने आशङ्का कायमै छ ।नेपाली कांग्रेस नेतृत्वको सरकारले ल्याएको बजेटबारे आन्तरिक सहमति नजुट्दा बजेट पेस भएको दुई साता नाघिसक्दा पनि त्यसमाथि अझै पनि छलफल सुरु हुन सकेको छैन । 

पूर्वनिर्धारित कार्यसूची अनुसार गत असार १० गतेबाट बजेट माथि छलफल सुरु गर्ने भन्दै बैठक आव्हान गरिएको भए पनि विवाद नसल्टे पछि सूचना टाँसेर स्थगित गरिएको थियो ।

गत असार १ गते अर्थमन्त्री धनबहादुर मास्केले ४० अर्ब ४७ करोड ८९ लाख बराबरको बजेट प्रदेशसभामा पेस गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप