नबिल बैंकले जीडब्लूएम गाडीहरुमा फाईनान्सिङ सुविधा उपलब्ध गराउने

काठमाडौँ । जीडब्लूएम सवारीसाधनहरुको लागि एक मात्र आधिकारिक आयातकर्ता तथा वितरक भिजी इम्पेक्स प्रालिले नबिल बैंक लिमिटेडसँग यसको इन्टरनल कम्बसन इन्जिन आईसीई सवारीसाधनहरु (हाभल जोलायन, हाभल एच६, पावर, विङ्गल ५) र विद्युतीय गाडी ओरा ०३ को फाइनान्सिङ सुविधाको लागि सम्झौता गरेको छ । भिजी इम्पेक्स– जि।डब्लु। एम नेपालका भाइस–प्रेसिडेन्ट रुपेश शर्मा भट्ट र नबिल बैंक लिमिटेडको हेड अफ रिटेल लेन्डिङ चाँदनी श्रेष्ठलेसम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
यस सम्झौता पत्र अनुसार ग्राहकहरुले नबिल बैंक मार्फत कुनैपनि जि.डब्लु.एमका गाडी खरीद गर्दा फाईनान्सिङ सुविधा प्राप्त गर्ने छन् । नबिल बैंकल १२.९०% ब्याजदरमा आईसीई मोडललाई ५०% सम्म र ईभीको लागि ८०% अटो कर्जा उपलब्ध गराउने भएको छ । दुवै अवस्थामा ऋणको अवधि भने ७ वर्षको हुनेछ । दुई पक्षबीच भएको सम्झौताले ठूलो संख्यामा अटोमोबाइल प्रेमीहरूले जीडब्लूएम नेपालबाट नै आफुलाई मनपर्ने गाडी सजिलै प्राप्त गर्न सक्नेछन् । ग्राहकहरूले अटो कर्जाको लागि आवश्यक कागजातहरू सहित नजिकैको नबिल बैंक शाखामा गएर आवेदन दिन सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यूथ भिजन-२०३५ निर्माणका लागि छलफल प्रारम्भ
-
जित्नैपर्ने दबाबमा रहेको कोलकातालाई उसैको घरमा चुनौती दिँदै उपाधि होडबाट बाहिरिएको राजस्थान
-
अस्ट्रेलिया चुनाव : विपक्षी दलका नेतालाई नै हराउने अलि को हुन् ?
-
अर्बपति लगानीकर्ता वारेन बफेटले वर्कशायर हाथवेको सीईओ पदबाट राजीनामा दिने
-
‘फिल्डमा खटिएको प्रहरीलाई सीडीओले सीधै कमान्ड गर्न मिल्दैन’
-
वर्षाले सूर्यविनायक–साँगा सडकमा एकतर्फी सवारी सञ्चालन