आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

एलन मस्कको ठुलो घोषणा, ट्विटरमा पढ्न सकिने पोस्टहरूको सङ्ख्या सीमित

आइतबार, १७ असार २०८०, ०९ : ५६
आइतबार, १७ असार २०८०

सामाजिक सञ्जाल ट्विटरका मालिक एलन मस्कले शनिबार आफ्नो प्लेटफर्ममा पढ्ने ट्विटको सङ्ख्या सीमित गर्ने घोषणा गरेका छन् । शनिबार विभिन्न ट्विटमा उनले अब अनभेरिफाईड अकाउन्टबाट एक दिनमा बढीमा १ हजार पोस्ट मात्र पढ्न सकिने बताए । तर, नयाँ अप्रमाणित खाताको हकमा यो सीमा ५०० मात्र हुनेछ ।

यस्तै, प्रमाणित खाताको मामलामा, एक दिनमा अधिकतम १० हजार पोस्टहरू पढ्न सकिनेछ । हुन त मस्कले शनिबार यी ट्विट नम्बरहरू दुई पटक संशोधन गरे ।

सबैभन्दा पहिला गरिएको ट्विटमा उनले ‘डेटा स्क्र्यापिङ’ र ‘सिस्टम म्यानिपुलेसन’ को बढ्दो स्तरको समस्या हल गर्नका लागि आफूहरूले निम्न ‘अस्थायी सीमा’ लागू गरेको बताएका छन् ।

उनले भने, ‘अब भेरिफाइड अकाउन्टबाट हरेक दिन ६ हजार पोस्ट मात्रै पढ्न सकिन्छ । अनभेरिफाइड अकाउन्टको मामिलामा यो सीमा ६०० पोस्ट प्रतिदिनसम्म सीमित छन् । नयाँ अनभेरिफाइड अकाउन्टको मामिलामा यो सीमा ३०० पोस्ट प्रतिदिनसम्म सीमित छ ।’

मस्कले त्यसपछि अर्को   ट्विटमा   यी तीन वटै आँकडा फेरिदिए । उनका अनुसार यो आँकडा क्रमशः ८,०००, ८०० र ४०० हुनेछन् ।

यद्यपि, अर्को ट्विटमा उनले यसको सीमालाई पुनः फेरेर यसलाई १० हजार, एक हजार र ५०० बनाइदिए । 

डेटा स्क्र्यापिङ र सिस्टम म्यानिपुलेसन 

एलन मस्कको डेटा स्क्र्यापिङको तात्पर्य के हो, त्यो अहिलेसम्म स्पष्ट छैन । तर यस्तो लाग्छ कि उनको कोसिस आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्पनीद्वारा उपयोग गरिएको डेटालाई बढी मात्रामा अङ्कुश लगाउनु हो ।

सरल शब्दमा भन्ने हो भने ‘डेटा स्क्र्यापिङ’ को अर्थ इन्टरनेटबाट जानकारी तान्नु हो । मस्कका अनुसार डाटाको अत्यधिक प्रयोगले सामान्य उपभोक्ताले खराब सेवा पाइरहेका छन् । 

मस्कले जुन ‘सिस्टम म्यानिपुलेसन’ को कुरा गरेका छन्, त्यसको अर्थ अहिले नै स्पष्ट छैन । उनले आफ्नो कदमलाई ‘अस्थायी आपतकालीन उपाय’ भनेर पेस गरेका छन् । 

ट्विटरले पहिले नै आफ्नो एप्लिकेसन प्रोग्रामिङ इन्टरफेस (एपीआई) को सेवाका लागि उपभोक्ताबाट शुल्क लिन सुरु गरिसकेको छ । यसको उपयोग धेरैजसो तेस्रो पक्षको एप र अनुसन्धाताले गर्छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप