सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

स्क्वास एन्ड र्‍याकेट्स सङ्घको अध्यक्षमा गुरुङ

आइतबार, १७ असार २०८०, १० : २७
आइतबार, १७ असार २०८०

काठमाडौँ । नेपाल स्क्वास एन्ड र्‍याकेट्स सङ्घको अध्यक्षमा ध्रुवबहादुर गुरुङ चयन भएका छन् । सङ्घको १४औँ वार्षिक साधारण सभा तथा पाँचौँ अधिवेशनले आगामी चार वर्षका लागि गुरुङलाई अध्यक्षमा चयन गरेको हो । 

अध्यक्ष पदका लागि भएको मतदानमा गुरुङले मनोजबहादुर श्रेष्ठलाई हराए । अन्य सबै पदका पदाधिकारी निर्विरोध बने । उपाध्यक्षमा प्रेम सिंह, सुदीपबहादुर सिंह, दिलिप नरसिंह अधिकारी, जगतसुन्दर सैंजु र रुपकदास ताम्राकार चयन भए । 

महासचिवको जिम्मेवारी लोकेन्द्रमान सिं भण्डारीले पाए । शैलेस अमात्य कोषाध्यक्ष र महेन्द्र महर्जन सचिवमा निर्विरोध चुनिए । सदस्यमा राजेन्द्र शाक्य, लालबहादुर गुरुङ, अनिल बज्राचार्य, विदुर धमला, रत्न महर्जन, राकेशकुमार गुप्ता, गिन्दिरा श्रेष्ठ र भावना सुनुवार चयन भए ।

साधारण सभाको राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले उद्घाटन गरेका थिए । सदस्यसचिव घिसिङले आगामी एसियाली खेलकुदका लागि राम्रो तयारी गर्न अनुरोध गर्दै स्क्वासको प्रशिक्षणका लागि विदेशी प्रशिक्षकको पहल गर्ने प्रतिबद्धता पनि जनाए ।

उक्त अवसरमा आगामी एसियाली खेलकुदमा नेपालको प्रतिनिधित्व गर्ने स्क्वासका ६ जना खेलाडी अरहान्तकेशर सिंह, अमृत थापामगर, अमिर ब्लोन, वृष्णा थापा, बिपना ब्लोन र स्वस्थानी श्रेष्ठलाई सम्मान पनि गरिएको थियो ।

यसैगरी पछिल्ला दुई कार्यकालको नेतृत्व गरेका किशोर महर्जनले स्क्वासलाई व्यावसायिक बनाउने प्रयास गरेको बताए । नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले स्क्वास सङ्घको प्रगतिको कामना गर्दे एसियाली खेलकुदमा स्क्वासको सफलताका लागि शुभकामना दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप