करिब १६ सय विक्री भैसकेको टिकट रिफण्ड तथा रिसेडूलिङ्ग गर्दै श्री एयरलाइन्स
काठमाडौँ । श्री एयरलाइन्सको सम्पूर्ण उडान ग्राउन्डेड भएसँगै आइतबारका लागि काटिएको सम्पूर्ण हवाई टिकट रिफण्ड तथा रिसेडूलिङ्ग गरिएको छ । सबै गन्तव्य गरी एयरलाइन्सको लगभग १६ सय टिकट बुकिङ भएको थियो । यी मध्ये केही रिफण्ड (पैसा फिर्ता) नै गरिएको र केही रिसेडूलिङ्ग (अर्को समयका लागि सारिएको) गरिएको कम्पनीका बजार व्यवस्थापक अनिल मानन्धरले रातोपाटीलाई जानकारी दिए ।
कतिपय अर्जेन्ट प्यासेन्सर (अकुपेन्सी) हरुका लागि भने अन्य फ्लाइटमार्फत समेत उडान व्यवस्थापन गरिएको उनले जानकारी दिए । हिजो शनिबार काठमाडौँदेखि धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएपछि अवतरण नगरीकनै काठमाडौँ फर्किएको थियो ।
योसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई सुरक्षालाई कारण देखाउँदै पहिला सम्पूर्ण जहाजको चेकजाँच गर्न र अनि मात्र उडान भर्न कम्पनीलाई निर्देशन दिएको थियो । यसै कारण आइतबार श्री एयरलाइन्सको सम्पूर्ण उडान ग्राउन्डेड हुन पुगेका छन् ।
आइतबारसम्म सबै जहाजहरूको चेकजाँच सक्ने गरी प्राविधिक टोली काममा खटिएको मानन्धरले रातोपाटीसँग बताए । ‘हामी अहिले जहाजको प्राविधिक चेकजाँचकै क्रममा रहेका छौँ । हाम्रा प्राविधिकहरू काममा खटिराख्नुभएको छ । काम सक्ने बित्तिकै यसको जानकारी हामी सार्वजनिक गछौं’ मानन्धरले भने । तथापि, हिजो उडानका क्रममा समस्या आएको जहाजमा के समस्या आएको हो सो अहिलेसम्म पत्ता लाग्न नसकेको उनले रातोपाटीसँग बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण