सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

करिब १६ सय विक्री भैसकेको टिकट रिफण्ड तथा रिसेडूलिङ्ग गर्दै श्री एयरलाइन्स

आइतबार, १७ असार २०८०, १२ : १९
आइतबार, १७ असार २०८०

काठमाडौँ । श्री एयरलाइन्सको सम्पूर्ण उडान ग्राउन्डेड भएसँगै आइतबारका लागि काटिएको सम्पूर्ण हवाई टिकट रिफण्ड तथा रिसेडूलिङ्ग गरिएको छ । सबै गन्तव्य गरी एयरलाइन्सको लगभग १६ सय टिकट बुकिङ भएको थियो । यी मध्ये केही रिफण्ड (पैसा फिर्ता) नै गरिएको र केही रिसेडूलिङ्ग (अर्को समयका लागि सारिएको) गरिएको कम्पनीका बजार व्यवस्थापक अनिल मानन्धरले रातोपाटीलाई जानकारी दिए । 

कतिपय अर्जेन्ट प्यासेन्सर (अकुपेन्सी) हरुका लागि भने अन्य फ्लाइटमार्फत समेत उडान व्यवस्थापन गरिएको उनले जानकारी दिए । हिजो शनिबार काठमाडौँदेखि धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएपछि अवतरण नगरीकनै काठमाडौँ फर्किएको थियो । 

योसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई सुरक्षालाई कारण देखाउँदै पहिला सम्पूर्ण जहाजको चेकजाँच गर्न र अनि मात्र उडान भर्न कम्पनीलाई निर्देशन दिएको थियो । यसै कारण आइतबार श्री एयरलाइन्सको सम्पूर्ण उडान ग्राउन्डेड हुन पुगेका छन् । 

आइतबारसम्म सबै जहाजहरूको चेकजाँच सक्ने गरी प्राविधिक टोली काममा खटिएको मानन्धरले रातोपाटीसँग बताए । ‘हामी अहिले जहाजको प्राविधिक चेकजाँचकै क्रममा रहेका छौँ । हाम्रा प्राविधिकहरू काममा खटिराख्नुभएको छ । काम सक्ने बित्तिकै यसको जानकारी हामी सार्वजनिक गछौं’ मानन्धरले भने । तथापि, हिजो उडानका क्रममा समस्या आएको जहाजमा के समस्या आएको हो सो अहिलेसम्म पत्ता लाग्न नसकेको उनले रातोपाटीसँग बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप