बार–कर्मचारी आन्दोलन : प्रेमिका तामाङविरुद्ध प्रहरीमा जाहेरी दर्ता गर्ने वकिलको तयारी
काठमाडौँ । कानुन व्यवसायीहरुले ललितपुर जिल्ला अदालतका नायव सुब्बा प्रेमिका तामाङविरुद्ध ललितपुर प्रहरीमा जाहेरी दिन लागेका छन् । कर्मचारी तामाङले घुस मागेको दावीसहित उनीविरुद्ध जाहेरी दिन लागिएको हो ।
नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेका अनुसार आइतबार बिहानै ललितपुर जिल्ला अदालत प्रशासन र कानुन व्यवसायीबीच छलफल गराउने तयारी भएको थियो । तर प्रशासन छलफलमा बस्न नै नचाहेको भन्दै बारले नै ललितपुर प्रहरीमा नायब सुब्बा तामाङविरुद्ध जाहेरी दर्ता गर्न लागेको हो । अध्यक्ष घिमिरेकाअनुसार प्रमाण नष्ट गरेको कसुरमा ललितपुर जिल्ला अदालतका श्रेष्तेदार विष्णुप्रसाद पाण्डे र नायब सुब्बा तामाङविरुद्ध जाहेरी दिन लागिएको हो ।
अध्यक्ष घिमिरेका अनुसार नायब सुब्बा तामाङले घुस मागेपछि विवाद भएको र विवादकै क्रममा हातपात भएको थियो । तर उक्त विवादको सिसीटिभी फुटेज श्रेष्तेदार पाण्डेले गायब बनाएको भन्दै पाण्डेविरुद्ध समेत प्रमाण नष्ट गरेको कसुरमा जाहेरी दिन लागिएको बारका केन्द्रीय अध्यक्ष घिमिरेले रातोपाटीलाई बताए ।
नेपाल बार एसोसिएसनको केन्द्रीय समितिको समन्वयमा आइतबार ललितपुर जिल्ला बार, उच्च अदालत बारसमेतका पदाधिकारीको समन्वयमा अदालत प्रशासनसँग छलफल गर्न खोजिएको थियो । तर ललितपुर जिल्ला अदालत प्रशासनले छलफलमा रुची नदेखाएको र प्रमाणसमेत नष्ट गरेको भन्दै कानुन व्यवसायी प्रहरीमा जान लागेका हुन् ।
पिटाई खाने कर्मचारीविरुद्ध नै जाहेरी लिएर जान लागेपछि कर्मचारी र कानुन व्यवसायीबीचको विवाद झनै चर्कने देखिएको छ । आइतबार अपरान्ह १ बजेबाट इजलास सुचारु हुने भनिएपनि कानुन व्यवसायीहरु कर्मचारीविरुद्ध नै जाहेरी दर्ता गर्न गएपछि कर्मचारीले आफ्नो आन्दोलन फिर्ता लिने हो कि होइन भन्ने चिन्ता थपिएको छ ।
लामिछानेको कुटपीटबाट नायब सुब्बा तामाङको ओठमा चोट लागेको थियो भने दाँतसमेत हल्लिएको थियो । उक्त घटनामा संलग्नलाई कारवाहीको माग गरिरहँदा उच्च अदालत बार एसोसिएसनले विज्ञप्ति निकालेर रिहा गर्न माग गरेको भन्दै त्यसको समेत कर्मचारीले बिरोध जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकको टेम्पो भिरबाट खसालिएको घटनाप्रति प्रगतिशील लोकतान्त्रिक पार्टीको आपत्ति, कारबाहीको माग
-
रियो दि जेनेरियोमा दुई हेलिकप्टर ठोक्किँदा ६ जनाको मृत्यु
-
प्रतिनिधि सभा बैठकमा विपक्षीहरूको विरोध
-
संघाई समूह र इलाम नगरपालिकाबीच जुहारी : चिया बगान उजाड, ब्रिटिसकालको मेसिनको अत्तोपत्तो छैन
-
इरान-अमेरिका शान्ति सम्झौताबारे सहमति पछि विश्वका नेताहरुले के भने ?
-
केरा, खर्बुजा र काक्राको बीउ बिक्रीबाट १२ लाख आम्दानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण