भक्तपुरमा स्कुटर दुर्घटना, चालकको मृत्यु
काठमाडौँ । भक्तपुरमा स्कुटर दुर्घटना हुँदा एक जना पुरुषको मृत्यु भएको छ । सूर्यविनायक नगरपालिका-७ गुण्डु तिनधारेस्थित सडकमा बा.९३ प ५८८१ नम्बरको स्कुटर अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा स्कुटर चालक सोही नगरपालिका-६ पाण्डुबजार बस्ने ४५ वर्षीय कृष्ण कुमार त्वाटीको मृत्यु भएको हो ।
दुर्घटना गम्भीर घाइते भएका उनको ङा.ईवामुरा अस्पताल सल्लाघारीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाई छ । साथै दुर्घटनामा घाइते भएकी स्कुटरमा अन्य १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
म्याग्दीको रघुगंगा गाउँपालिका-३ दुलेपानीस्थित सडकमा ग.१ त ७२८१ नम्बरको ट्याक्टर अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा चालक सोही गाउँपालिका-३ मालिका बस्ने २३ वर्षीय सुजन परियारको घटनास्थलमै मृत्यु भएको छ । दुवै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालगन्जबाट दुई चिकित्सकसहित पाँच पक्राउ
-
हलगोरु पाल्ने ३९ किसानलाई प्रोत्साहन रकम वितरण
-
खामेनीद्वारा सम्झौता स्वीकृतः ‘फरक मत भए पनि राष्ट्रपतिको आश्वासनपछि अनुमति दिएँ’
-
अघिल्लो चरण प्रवेशका लागि स्विट्जरल्याण्ड र बोस्निया भिड्दै, दुवैलाई जितको खोजी
-
१२ बजे १२ समाचार: प्रतिनिधि सभाबाट विनियोजन विधेयक पारित, फेरिँदै विद्यालय पाठ्यक्रम
-
पेनाल्टीले जोगियो दक्षिण अफ्रिकाको विश्वकप यात्रा, चेक रिपब्लिकसँग अंक बाँड्दै नकआउटको आस कायमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण