सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टारमा डा. धामी नियुक्त

आइतबार, १७ असार २०८०, १९ : २१
आइतबार, १७ असार २०८०

काठमाडौँ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको रेक्टरमा बझाङका डा डबल धामी नियुक्त भएका छन् । प्रतिष्ठानका सहकुलपति तथा स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले डा धामीलाई रेक्टार पदमा नियुक्त गरेका हुन्।

मन्त्री बस्नेतले प्रतिष्ठानका उपकुलपति डा मंगल रावलको सिफारिसका आधारमा डा धामीलाई नियुक्त गरेका हुन् । उपकुलपति डा रावलले डा धामीसहित तीन जनाको नाम सिफारिस गरेका थिए । डा रावलले डा धामीसँगै डा भूमिराज क्षेत्री र डा कुशल भट्टराईको नाम सिफारिस गरेका थिए।

यसअघि रेक्टारका लागि अन्य तीन जनाको नाम सिफारिस भएको थियो । तर मन्त्री बस्नेतले उनीहरु बाहेकका नाम सिफारिस गर्न भनेपछि उपकुलपति डा रावलले नयाँ तीन जनाको नाम सिफारिस गरेका थिए । उपकुलपति डा रावलले रेक्टरका लागि यसअघि डा राजिव शाह, डा माया राई र डा अनुस्मृती पालको नाम सिफारिस गरेका थिए ।

बझाङको छबिस पथिभेरा ६ का स्थायी बासिन्दा धामी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सह प्राध्यापकको रूपमा काम गर्दै आएका थिए । धामीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एमबीबीएस तथा काठमाडौँ विश्वविद्यालयबाट क्लिनिक फर्माकोलोजी एन्ड थेराप्युटीक्समा एमडी गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप