कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टारमा डा. धामी नियुक्त
काठमाडौँ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको रेक्टरमा बझाङका डा डबल धामी नियुक्त भएका छन् । प्रतिष्ठानका सहकुलपति तथा स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले डा धामीलाई रेक्टार पदमा नियुक्त गरेका हुन्।
मन्त्री बस्नेतले प्रतिष्ठानका उपकुलपति डा मंगल रावलको सिफारिसका आधारमा डा धामीलाई नियुक्त गरेका हुन् । उपकुलपति डा रावलले डा धामीसहित तीन जनाको नाम सिफारिस गरेका थिए । डा रावलले डा धामीसँगै डा भूमिराज क्षेत्री र डा कुशल भट्टराईको नाम सिफारिस गरेका थिए।
यसअघि रेक्टारका लागि अन्य तीन जनाको नाम सिफारिस भएको थियो । तर मन्त्री बस्नेतले उनीहरु बाहेकका नाम सिफारिस गर्न भनेपछि उपकुलपति डा रावलले नयाँ तीन जनाको नाम सिफारिस गरेका थिए । उपकुलपति डा रावलले रेक्टरका लागि यसअघि डा राजिव शाह, डा माया राई र डा अनुस्मृती पालको नाम सिफारिस गरेका थिए ।
बझाङको छबिस पथिभेरा ६ का स्थायी बासिन्दा धामी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सह प्राध्यापकको रूपमा काम गर्दै आएका थिए । धामीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एमबीबीएस तथा काठमाडौँ विश्वविद्यालयबाट क्लिनिक फर्माकोलोजी एन्ड थेराप्युटीक्समा एमडी गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण