प्रभु बैंक लिमिटेड र वन्डर्स नेपाल प्रा.लि. बीच सम्झौता
काठमाडौँ । प्रभु बैंक लिमिटेड र वन्डर्स नेपाल प्रा.लि. बीच बैंकिङ्ग कारोबार तथा नयाँ व्यावसायिक सम्बन्ध विस्तार सम्बन्धि सम्झौता सम्पन्न भएको छ । प्रभु बैंकको तर्फबाट चिफ मार्केटिङ्ग अफिसर मञ्जय राज पाण्डे तथा वन्डर्स नेपालका तर्फबाट कार्यकारी निर्देशक सोहन श्रेष्ठले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
सो अवसरमा प्रभु बैंकका वरिष्ठ बजार व्यवस्थापक शेखर राज वस्ताकोटी र निर्देशक पदम प्रसाद न्यौपानेको पनि उपस्थिति थियो । उक्त सम्झौता अनुरूप बैंकले वन्डर्स नेपाल प्रा.लि.को परिसरमा ए.टि.एम, क्यु.आर कोड, पोस मेसिन लगायतका विभिन्न बैंकिङ्ग सेवा प्रदान गर्ने सहमति भएको छ । ग्राहकले वन्डर्स नेपाल प्रा.लि. अन्तर्गत काठमाडौँको कमलादी स्थित स्काई वाक भ्यू टावरमा गई आनन्दमय दृश्य अवलोकन गर्नुका साथै यस बैंकबाट प्रदान गरिने बैंकिङ्ग सेवाको सुविधा समेत लिन सक्नेछन् । यस सेवाबाट पर्यटक तथा सो स्थान अवलोकन गर्ने सर्वसाधारण लाभान्वित हुनुहुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण