मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

इदको अवसरमा साउदी अरबमा विभिन्न कार्यक्रम आयोजना

सोमबार, १८ असार २०८०, १० : २९
सोमबार, १८ असार २०८०

जेद्दा । मुस्लिम समुदायको महान् पर्व इद अल अधाको अवसरमा गैर आवासीय नेपाली संघ, क्षेत्रीय समन्वय समिति ताबुकले भलिबल प्रतियोगिता, बृहत् सांस्कृतिक कार्यक्रम र श्रमिक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । उक्त कार्यक्रमको सभापतित्व क्षेत्रीय समन्वय समिति ताबुकका वर्तमान अध्यक्ष नरबहादुर खतिवडाले गरेका थिए भने विशिष्ट अतिथि महावाणिज्यदूतावास जेद्दाका महावाणिज्यदूत भुवन पौडेलले गरेका थिए । 

पुरुष भलिबल प्रतियोगितामा आयोजक टिम सहित १० टिमको सहभागिता थियो। जसमध्ये नियोम-१ ले प्रथम स्थान र लुलु सुपरमार्केटले दोस्रो स्थान हासिल गरेको थियो। यी दुई टिमको कडा प्रतिस्पर्धा अति नै रोचक र रमाइलो थियो। कार्यक्रमको अर्को मुख्य आकर्षण नेपाली महिला दिदीबहिनीहरूले बनाएको नेपालीपनको झल्को दिने मःम, चाउमिन र सेलरोटीको परिकारले अर्को मिठास दिएको थियो । साथै विविध सांस्कृतिक कार्यक्रम अन्तर्गत विविध विधामा सहभागीहरूले आफ्नो कला प्रस्तुत गरेका थिए । 

कार्यक्रममा विशिष्ट अतिथि महावाणिज्यदूत भुवन पौडेलले साउदी कानुनले वर्जित गरेको कुनै काम नगर्न नेपाली समुदायलाई आग्रह गरेका थिए । उनले गीत संगीत र खेलकुदको माध्यमबाट जीवनमा हुने फाइदाहरूको बारेमा जानकारी दिएका थिए । 

यस कार्यक्रमलाई भव्य रूपमा सफल पार्नको लागि प्रायोजक  गैरआवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्, साउदी अरबकी वरिष्ठ उपाध्यक्ष श्रीमती रविना अर्याल  साथै सह-प्रायोजकहरूमा हिमाल रेमिट ताबुक शाखा, कुमारी रेमिट ताबुक शाखा, लुलु सुपरमार्केट ताबुक शाखा, आरसीसी जेद्दा, अल साफी कम्पनीमा कार्यरत साजन तामाङ, रेशम थापा सुशील तामाङ, सनम चौधरी थापा र विष्णु थापा तथा सुलभ रिक्रुटमेन्ट वसुन्धरा, काठमाडौँले गरेको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप