इदको अवसरमा साउदी अरबमा विभिन्न कार्यक्रम आयोजना
जेद्दा । मुस्लिम समुदायको महान् पर्व इद अल अधाको अवसरमा गैर आवासीय नेपाली संघ, क्षेत्रीय समन्वय समिति ताबुकले भलिबल प्रतियोगिता, बृहत् सांस्कृतिक कार्यक्रम र श्रमिक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । उक्त कार्यक्रमको सभापतित्व क्षेत्रीय समन्वय समिति ताबुकका वर्तमान अध्यक्ष नरबहादुर खतिवडाले गरेका थिए भने विशिष्ट अतिथि महावाणिज्यदूतावास जेद्दाका महावाणिज्यदूत भुवन पौडेलले गरेका थिए ।
पुरुष भलिबल प्रतियोगितामा आयोजक टिम सहित १० टिमको सहभागिता थियो। जसमध्ये नियोम-१ ले प्रथम स्थान र लुलु सुपरमार्केटले दोस्रो स्थान हासिल गरेको थियो। यी दुई टिमको कडा प्रतिस्पर्धा अति नै रोचक र रमाइलो थियो। कार्यक्रमको अर्को मुख्य आकर्षण नेपाली महिला दिदीबहिनीहरूले बनाएको नेपालीपनको झल्को दिने मःम, चाउमिन र सेलरोटीको परिकारले अर्को मिठास दिएको थियो । साथै विविध सांस्कृतिक कार्यक्रम अन्तर्गत विविध विधामा सहभागीहरूले आफ्नो कला प्रस्तुत गरेका थिए ।
कार्यक्रममा विशिष्ट अतिथि महावाणिज्यदूत भुवन पौडेलले साउदी कानुनले वर्जित गरेको कुनै काम नगर्न नेपाली समुदायलाई आग्रह गरेका थिए । उनले गीत संगीत र खेलकुदको माध्यमबाट जीवनमा हुने फाइदाहरूको बारेमा जानकारी दिएका थिए ।
यस कार्यक्रमलाई भव्य रूपमा सफल पार्नको लागि प्रायोजक गैरआवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्, साउदी अरबकी वरिष्ठ उपाध्यक्ष श्रीमती रविना अर्याल साथै सह-प्रायोजकहरूमा हिमाल रेमिट ताबुक शाखा, कुमारी रेमिट ताबुक शाखा, लुलु सुपरमार्केट ताबुक शाखा, आरसीसी जेद्दा, अल साफी कम्पनीमा कार्यरत साजन तामाङ, रेशम थापा सुशील तामाङ, सनम चौधरी थापा र विष्णु थापा तथा सुलभ रिक्रुटमेन्ट वसुन्धरा, काठमाडौँले गरेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण