शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
अर्थतन्त्र

२९ अर्ब ६६ करोड आन्तरिक ऋण उठाउँदै सरकार

सोमबार, १८ असार २०८०, १२ : ०४
सोमबार, १८ असार २०८०

काठमाडौँ । सरकारले मंगलबार (असार १९ गते) २९ अर्ब ६६ करोड रुपैयाँ बराबर आन्तरिक ऋण उठाउने भएको छ । केन्द्रीय बैंकमार्फत सरकारले कूल २९ अर्ब ६६ करोड ६५ लाख रुपैयाँ बराबरको ट्रेजरी जारी गर्ने भएको हो ।

कूल रकममध्ये २४ अर्ब ६६ करोड ६५ लाख रुपैयाँ पुरानै ट्रेजरीको नवीकरण गरेर बाँकी रहेको ५ अर्ब रुपैयाँको नयाँ ट्रेजरी जारी गरिने केन्द्रीय बैंकले जनाएको छ । 

इच्छुक बैंक तथा वित्तीय संस्थाले असार १८ गते अर्थात् आज दिउँसो ३ बजेभित्र आवदेन दिन सक्नेछन् । यसअघि केन्द्रीय बैंकले असार ११ गते २४ अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी जारी गरेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप