निजामती कर्मचारीका ६८७ सन्ततिलाई १७ करोड ८१ लाख बाँड्दै सरकार

काठमाडौँ । सरकारले निजामती कर्मचारीका सन्ततिलाई १७ करोड ८१ लाख ८६ हजार ५ सय ८९ रुपैयाँ बाँड्ने निर्णय गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्नातक तहमा पढ्ने विद्यार्थीहरूलाई शैक्षिक प्रोत्साहन वृत्ति अन्तर्गत रकम बाँड्ने निर्णय गरेको हो ।
मन्त्रालयका अनुसार स्नातक तहमा पढ्ने कूल ६ सय ८७ जना विद्यार्थीलाई उक्त रकम बाँड्न लागिएको हो । जसमा चिकित्साशास्त्रका १४४ जनालाई ७ करोड १७ लाख, स्वास्थ्य विज्ञान संकायका २९ जनालाई ६४ लाख ८० हजार, इन्जिनियरिङ संकायका २२९ जनालाई ५ करोड ६९ लाख ७ हजार ७ सय ५८ रुपैयाँ, व्यवस्थापन संकायका ११९ जनालाई एक करोड ४२ लाख ८५ हजार ५ सय ३१ रुपैयाँ, सूचना प्रविधि संकायका ५२ जनालाई ९८ लाख २२ हजार ५ सय रुपैयाँ, कृषी विज्ञान संकायका ३६ जनालाई ७७ लाख ६७ हजार दुइ सय रुपैयाँ, कानुन संकायका ४५ जनालाई ७६ लाख रुपैयाँ, मानविकी संकायका ११ जनालाई १४ लाख ६२ हजार २ सय ९० रुपैयाँ, विज्ञान संकायका १२ जनालाई ११ लाख २० हजार दुई सय ५० रुपैयाँ, वन विज्ञान संकायका ५ जनालाई ५ लाख, आयुर्वेद संकायका १ जनालाई तीन लाख रुपैयाँ र शिक्षा संकायका ४ जनालाई दुई लाख ४१ हजार ६० रुपैयाँ वितरण गर्न लागिएको हो ।
मन्त्रालयका प्रवक्ता कमल प्रसाद भट्टराईका अनुसार स्नातक तह प्रथम वा दोस्रो सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक प्रोत्साहन वृत्ति अन्तर्गत रकम वितरण गर्न लागिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
श्याम र दिव्या ‘मिस्टर र मिस एसइई सुपर मोडल’ घोषित
-
आगामी बजेटले तीन करोडभन्दा कमका आयोजना नराख्ने नीतिलाई अनुसरण गरेकाे छ : अर्थमन्त्री
-
‘नेपालमा हिरा किन्दा भारतभन्दा १८ प्रतिशत महँगो’
-
विगतकै निरन्तरताभन्दा माथि उठ्न सकेन कर्णालीको बजेट, आकर्षक बनाउन नयाँ नारा
-
इजरायलका रक्षामन्त्रीले इरानलाई दिए यस्तो चेतावनी
-
सिड्नीमा ‘नेपाली बहुसांस्कृतिक केन्द्र’ निर्माणका लागि आध्यात्मिक महोत्सवको घोषणा